राजनीति

सबैभन्दा धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड राखे प्रचण्डले, नेकपा मशालदेखि नेकपाको नेतृत्वमा (बंशावलीसहित)

बिहिबार, ०३ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

सबैभन्दा धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड राखे प्रचण्डले, नेकपा मशालदेखि नेकपाको नेतृत्वमा (बंशावलीसहित)

काठमाडौं । अध्यक्ष पद छाड्दै नछाड्ने वा त्यो पदले एकजना मात्रै नेता खोज्ने प्रवृत्ति केही दलमा देखिएको छ । आजीवन अध्यक्ष पदमा रमाउन खोज्नेमा पुष्पकमल दाहाल प्रचण्ड पनि पर्छन् भन्दा फरक पर्दैन । उनको पार्टी पाँच पटक टुक्रियो, तर उनले अध्यक्ष पद छाडेनन् । पार्टी पराजित भयो, तर राजीनामा दिएनन् । अहिले एमालेसँग मिलन हुने संघारमा छन्, तर पनि अध्यक्ष वा सो सरहको पद पहिले नै सुरक्षित गरिसकेका छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादीसँग नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादीलगायतको एकता भयो । नेकपा माओवादी केन्द्र गठन भयो । त्यसको अध्यक्ष भएर प्रचण्डले रेकर्ड राखिसकेका थिए । 

नेकपा मशालदेखि केन्द्रसम्मको मुख्य नेतृत्वमा प्रचण्ड नै रहदै आए । अहिले पनि उनी नै केन्द्रमा रहने भएका छन् । यतिधेरै पार्टीको नेतृत्व अन्य नेताले गर्ने अवसर पाएका छैनन् । माओवादी केन्द्रकोे वंशावली यस्तो छ ।

१) नेकपा (चौथो महाधिवेशन)
२) नेकपा (मशाल)
३) नेकपा (एकता–केन्द्र)
४) नेकपा (माओवादी)
 ५) एकीकृत नेकपा (माओवादी) 
६)  नेकपा (माओवादी–केन्द्र)
७) नेपाल कम्युनिष्ट पार्टी (दुई अध्यक्ष हुने )