मुख्य समाचार

राजनीति

एकता घोषणा सभामा प्रचण्डले रुदैँ यसाे भने

बिहिबार, ०३ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

एकता घोषणा सभामा प्रचण्डले रुदैँ यसाे भने

काठमाडौँ । एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषणा सभामा यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। तर उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए।

 

उनले मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता भएको उल्लेख गर्दै आफूलाई गर्व भएको बताए। एकताको महत्व आफूले शब्दमा बयान गर्न नसक्ने पनि उनले बताए। ‘यो अति नै ठूल्ठूला कुराले पनि पूरा हुन्न,’ उनले भने, ‘यो एकता अर्थपूर्ण र बहुआयामिक छ।’

 

उनले आजको दिन २०४६ सालपछिको सबै कम्युनिस्ट एकै ठाउमा आउन् भन्ने मान्यता पूरा भएको पनि बताए। ‘त्यो जनाअन्दोलनले माले र मार्क्सवादीहरु मिलेका थिए,’ उनले भने।

 

फेरि मदनलाई सम्झिन चाहन्छु भन्दै उनले मदनले अघि बढएको आन्दोलन र अरु थुप्रै उतारचढावपछि यहाँ आइपुगेको बताए । ‘अब मुलुक अस्थिरतामा धकेल्न हुन्न भनेर नै आफूले एकता गरेको हो,’ उनले भने। उनी त्यसो भन्दे एक छिन रोकिए।

 

उनको आँखाभरि आँसु थियो। उनले गला अबरुद्ध बनाउँदै भने, ‘जनताले राम्रो काम गर्ने अवसर दिए र त्यो जसरी पनि पूरा गर्नु पर्छ। बिभाजन भोगेर आएको हामी अब एक हुनै पर्छ। मेरै आफ्नो कुरा निरन्तरतामा क्रम भग गरिन।’ त्यसपछि उनी फेरि रोकिएका थिए।