समाचार

ई –टिकेटिङकाे शुरुवात गर्दै लोत्से, कर आम्दानी र ब्यवसायीलाई समेत लाभ हुने विश्वास

बिहिबार, ०३ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

ई –टिकेटिङकाे शुरुवात गर्दै लोत्से, कर आम्दानी र ब्यवसायीलाई समेत लाभ हुने विश्वास

बसपार्कमा लोत्से बहुउदेश्यीय प्रा.लि ले नयाँ टिकट काउन्टरको संचालन गर्दै आएको छ । सरकारले सार्बजनिक समितिहरुको सिन्डिकेट औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेपछि काउन्टरलाई सञ्चालनमा ल्याएको हो ।

 

केहि समय अगाडी यातायात ब्यवस्था बिभाग र स्थानिय प्रशासनको सहयोगमा लोत्सेको अगुवाइमा समितिहरुको काउन्टर हटाइएको हो । नयाँ संचालित काउन्टरमा भने पुराना इमान्दार कर्मचारीहरुलाइ नै निरन्तरता दिइएको लोत्सेका चाटर एकाउटेण्ट संन्जय के.सीले बताए । बसपार्कको व्यवस्थापन गर्ने जिम्मा पाएको लोत्सेले आफै काउन्टर सञ्चालन गरेपछि व्यवसायीहरू आतंकित भएका छन् । समितिहरु कम्पनीमा गएपनि आफ्ना गाडीको टिकट आफै काट्ने भन्दै लोत्सेको एकाधिकार नमान्ने उनीहरूको चेतावनी छ ।

 

हाल ३६ वटा काउन्टर मार्फत सेवा प्रदान गरिरहेको लोत्सेले कानुन अनुसार पंजिकृत भएका कम्पनीहरुलाई अन्य काउन्टर उपलब्घ गराइने सुपरभाइजर पुरुषोतम गौतमले जानकारी दिए । सिण्किेट तोडिए संगै लोत्से बहुउदेश्यीय प्रा.लि ले नमुना बसपार्क निमार्णमा यसरी काम गरिरहेको छ ।

 

बिजुलीको शुल्क समेत नतिरी बसेका ७०० टहरा हटाइयो

बिगत १४ बर्ष देखी बिजुली पानि र घर भाडा समेत नतिरी बिभिन्न राजनैतिक शक्ति र पहुचका आधारमा दादागिरि गरेर बसेका ७०० टहराहरु समेत हटाइएको छ । करिब १६१ रोपनी श्रेत्रफलमा फैलिएको बसपार्क अहिले ब्यस्वथीत रहेको देख्न सकिन्छ । २०५६ साल चैत्र २९ गतेबाट लागु हुनेगरी काठमाडौ महानगरपालिका संग ४५ बर्षका लागी प्राइभेट पब्लिक पार्टनरसीपको अवधारणा अनुरुप संझौता गरिएको थियो ।

 

लोत्सेले काउन्टर संचालन गर्न नपाउने एवं ३ प्रतिशत बढि शुल्क उठाएको गलत प्रचार

काठमाडौ महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले ल्होत्सेले टिकट काट्न नपाउने बताएका छन । तर सझौता पत्रमा भने लोत्छेले टिकट काउन्टर संचालन गर्ने , टहरा वा अन्य संरचना बनाइ वा नबनाई ब्यापार ब्यवसाय संचालन गर्ने पाउने ब्यवस्था छ । यस्तो कार्यमा प्रथम पक्षले ( महानगरपालिका ) दोश्रो पक्ष लोत्सेलाई सहयोग गर्ने पर्ने उल्लेख छ । प्रबक्ता कार्कीको यस्तो अभिब्यती निजी बिचार रहेको लोत्सको दावी छ ।

 

दलाल प्रथाको अन्त्य

यातायात श्रेत्रमा सिण्डिकेटका कारण यात्रुहरुले बिभिन्न समस्या खेप्नु परेको छ । बिभिन्न यातायात समितिहरुको काउन्टरमा दलालहरुको बिगबिगी रहेको र टिकट रकमको ५० प्रतिशत सम्म खाने गरेको लोत्सेका महाप्रबन्धक सुनिल कुवंर बताउछन । अब नयाँ संचालित काउन्टरमा दलालीहरुलाई बहिष्कार गर्दे सरल , सुलभ एवं सहज तरिकाले यातायात सेवा प्रदान गराउने उनको दावी छ ।

 

ई–टिकेटिङ्ग लागु हुने

यात्रुहरुको सहजताका लागी केही समय भित्रै ई–टिकेटिङ्ग लागु गरिने भएको छ । ब्यवस्थित टिकेट प्रणली एवं दलालहरुको बिगबिगीका कारण यात्रु मात्र मारमा परेका छैनन यातायात ब्यवसाय समेत यसको सिकार भएका छन। चर्को ब्याजमा बिभिन्न जोखीम मोलेका ब्यवसाहीहरुको भन्दा दलालहरुको आम्दानी बढि छ ।तसर्थ यातायात श्रेत्रमा यी यावत बिकृति रोक्न ई–टिकेटिङ्ग प्रणली महत्वपूर्ण हुने महाप्रवन्धक कुँवर बताउछन ।

 

ब्यवस्थित बसपार्क बनाइने

बसपार्क भित्र यात्रु प्रतिक्षालय , बिश्राम कक्ष , एयर पोर्टको जस्तै पार्कको निमार्ण गर्ने लागेको लोत्सेका महाप्रबन्धक सुनिल कुवँरको भनाइ छ । यातायात ब्यवसाय महासंघको बार्षीक कमाई २२ करोड भन्दा माथी सिण्डिकेट तोडिनु अगाडी यातायात ब्यवसायीहरुले बसपार्कबाट छेट्दा प्रति गाडी १२०० रुपैया शुल्क बुझाउनु पर्ने बाध्यता थियो । यसरी सो स्थानबाट दैनिक ५०० बस संचालन भइरहेको छ महासंघको बाषिक कमाई २२ करोड भन्दा बढी हुन आउछ । यो रकमको न करको दायरा छ नत अरु कुनै परिधिनै । तसर्थ अब कम्पनीमार्फत संचालन गरिएपछि राज्यमा कर आम्दानीका साथै ब्यवसायहरु लाई समेत लाभ हुने लोत्से प्रा.लिको भनाई छ ।