समाचार

समाज

रोटी पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बिहिबार, ०३ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

रोटी पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा एक मजदुरमाथि गोली हानिएको छ । गोली लागेर रुपन्देही पश्चिमी दक्षिणी मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय रामकेश धवल घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।

 

गोली लागेका धवल मजदुर हुन् । मर्चवारबाट तिलोत्तमा–५ मा घर निर्माणको काममा मजदुरीका लागि उनी आएका थिए । साँझ रोटी पकाउने बेलामा रातो रंगको मोटरसाइकल आएका अपरिचित व्यक्तिले पछाडीबाट उनलाई गोली प्रहार गरेको एसपी ज्ञवालीले बताए । उनको ढाडा गोली लागेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन् ।

 

घाइते धवलको स्थानीय क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको छ । घटनापछि चारैतिर चेकजाँच कडा पारेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।