देश

सम्पर्कविहीन मकालुकाे विमान बाजुरा बगरमा फेला

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

सम्पर्कविहीन मकालुकाे विमान बाजुरा बगरमा फेला

सम्पर्कविहीन सुर्खेतबाट सिमिकाेटका लागि उडेकाे मकालु एयरकाे विमान बाजुरामा सकुशल अवस्थामा भेटिएकाे छ ।

 

बिहान करिब ७ बजे सुर्खेतबाट सिमिकाेटका लागि उडेकाे उक्त 9N AuJ कल सार्इनकाे कार्गाे विमान उडेकाे केहिबेरपछि सम्पर्कविहीन  भएकाे मकालु एयर कार्यालयले जनाएकाे छ । 

 

बाजुराको बगरमा अापतकालिन अवतरण गरेकाे उक्त विमान २ जना चालकदलका सदस्य सवार रहेका थिए । दुवै जना सकुशल रहेकाे जनार्इएकाे छ । विमान २ घण्टा सम्म सम्पर्कविहीन भएकाे थियाे ।