विदेश

प्रवास

पाकिस्तानी बस ड्राइभरका छोरा बने बेलायतकाे गृहमन्त्री

मङ्गलबार, १८ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

पाकिस्तानी बस ड्राइभरका छोरा बने बेलायतकाे गृहमन्त्री

काठमाडौं । पाकिस्तानी बस चालकका छोरा साजिद वाजिद बेलायतको गृहमन्त्री बनेका छन्। सोमबार बेलायतकी गृहमन्त्री अन्वर रडले पदबाट राजीनामा दिएपछि उनलाई बेलायती प्रधानमन्त्री टेरेजा मेले गृहमन्त्रीमा नियुक्त गरेकी हुन्।


वाजिदकाे परिवार सन् १९६० को दशकमा पाकिस्तानकाे लाहाेरबाट बेलायत गएका थिए। उनका बाबु बेलयातमा बस ड्राइभर थिए। जावेदपूर्व इन्भेस्टमेन्ट बैंकर र ब्राम्सग्रोवको बिजनेस र कल्चर मन्त्री पनि भइसकेका थिए। 

 

साजिद वाजिद २०१० देखि बेलायतका संसद थिए। र योभन्दा पहिले तीन अलग-अलग विभागको जिम्मेवारी सम्हालेका थिए। कालो, एसियन र अल्पसंख्यकको समुदायबाट आएका उनी पहिलो गृहमन्त्री हुन्।

 

२०१० देखि बेलायती यो पदमा पुग्ने पहिलो पुरुष पनि भएका छन्। उनी मुस्लिम समुदायबाट उच्च पदमा पुग्ने पहिलाे बेलायती भएका छन्।