देश

कुरा: खस्रा मिठा

भिडियो

कभर स्टोरी

अरुण–तेस्रोमा भारतको विरोध गर्नेहरुलाई भ्रम फैलाएको भन्दै पक्राउ गर्नुपर्छ ! (भिडियो)

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

अरुण–तेस्रोमा  भारतको विरोध गर्नेहरुलाई भ्रम फैलाएको भन्दै पक्राउ गर्नुपर्छ ! (भिडियो)

काठमाडौं । नेपालको समृद्धि र विकासको कोशेढुंगा भनिँदैआएको अरुण तेस्रो जलविद्युत् आयोजनाबारे अनेक टिका टिप्पणी हुँदैआएको छ ।

 

यस आयोजनालाई भारतले नाफा कमाउने र आफ्नो पक्षमा लगाउने योजनाको रुपमा ब्याख्या हुँदैआएको छ । जल सरोकारका विज्ञको रुपमा चिनिएकाहरु समेत अरुण तेस्रो योजनालाई नेपालमाथि भारतको जल उपनिवेशको रुपमा ब्याख्या गर्छन् ।

 

‘नेपाल सरकार आफैँले निर्माण नगरेर यस योजना किन भारतीय कम्पनीलाई नै दियो ?’भनी तिनिहरु निरन्तर सोध्दैआएका छन् ।

 

जब कि, जर्मनी, जापान र विश्व बैंकले समेत यहाँ लगानी गरेर जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहँदा नेकपा एमालेका तत्कालिम महासचिव माधव कुमार नेपालले पत्राचार गरेरै विश्व बैंकलाई पछि हट्न चेतावनी दिए ।


फलस्वरुप विश्व बैंक पछि हट्यो । अन्ततः २०६५ सालमा एमाले संलग्न रहेको सरकारले नै भारतीय कम्पनी सतलज निगमलाई निर्माणको जिम्मा दियो ।

 

अरुण तेस्रोको विषय किन विवादमा आइरहन्छ ? पहिले एउटा विदेशी कम्पनीले लगानी गर्न खोज्दा रोकेर भारतीय कम्पनीलाई किन जिम्मा दिइयो ? जब कि, भारतीय कम्पनीका यसअघिका योजना विवादरहित बनेका छैनन् ।

 

अर्कोतर्फ ठूलो समूहले सोध्दैछ कि, नेपाल सरकार आफैँ गर्नसक्ने योजना किन विदेशी कम्पनीलाई दिइयो ? अरुण तेस्रोको विषयमा विवाद र भ्रम पनि छन् ।

 

यसबारे थप कुरा प्रष्ट पार्न हामीले जलस्रोतको विषयमा गहिरो ज्ञान राख्ने विश्लेषक अरुण कुमार सुवेदीसँग बहस गरेका छौँ । सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’को बहस यही विषयमा केन्द्रित छ । सुवेदी अरुण तेस्रोबारे फरक मत राख्छन् ।

 

भारतीय कम्पनी वा भारतलाई हेर्ने नेपाली नजर नै नकारात्मक सोचले भरिएको भन्दै उनी यस मुद्दामा सन्तुलित र व्यवहारिक भएर हेर्न आग्रह गर्छन् ।

 

उनका अनुसार अरुण तेस्रो योजना भारतीय कम्पनीका लागि महत्वको विषय नै होइन । नेपालमा केही मानिसले यसलाई अनावस्यक चर्चाको विषय बनाएर भ्रम फैलाउँदै आएको सुवेदीको बुझाइ छ ।