विदेश

भाजपाका नेताले भनेः जनकपुर हामीलार्इ देउ भन्नु निन्दनीय

भाजपाका नेताले भनेः जनकपुर हामीलार्इ देउ भन्नु निन्दनीय

काठमाडाैं । भारतीय जनता पार्टीका नेता तथा भारतकाे लाेकसभाका सांसद किर्ती अाजादले नेपालकाे जनकपुर फिर्ता माग्दै ट्रवीट गरेकाे ङटनाप्रति उनकै पार्टी भारतीय जनता पार्टीका महासचिव एवं विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले निन्दनीय भनेका छन् ।

 

आजाद लामो समयदेखि पार्टीबाट निलम्बित रहेको भन्दै चौथाइवालेले भारतले नेपालको भौगोलिक अखण्डताप्रति सम्मान गर्ने पनि बताएका छन् । विजयले ट्रवीट गर्दै भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा उभिएको बताएका छन् ।

 

आजादले नेपालको मिथिला क्षेत्र भारतले लिनु पर्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ अाग्रह गर्दै ट्रवीट गरेका थिए । उनकाे यस्ताे ट्रवीट अाएपछि जनस्तरबाट ब्यापक अालाेचना भएकाे थियाे ।

 

माेदी भ्रमण जनकपुर भाजपा