स्वास्थ्य

चितवनको मेघौलीमा महिनावारी सचेतना

मङ्गलबार, ०१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

चितवनको मेघौलीमा महिनावारी सचेतना

चितवन । चितवनको भरतपुर महानगरपालिकास्थित मघौलीमा महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी’ नारा सहित गान्धी इन्टरनेशनल मिसन नेपालद्धारा सञ्चालित सचेतना अभियान अन्तरगत शनिवार यहाँ सचेतना कार्यक्रम गरिए हो ।

 

कार्यक्रममा महानगरको वडा नं. २७ र २८ का करीव दूई सय महिलाहरुको सहभागिता  थियो । थारु समुदायको बाहुल्यता रहेकाे मेघाैलीमा महिनावरी हुँदा गर्नु पर्ने सरसफाई, किशोरीहरुमा महिनावारी हुँदा आउने समस्या र हेरचाहको विषयमा सहभागीहरूलार्इ जानकारी दिइयाे । 

 

कार्यक्रममा सहभागी महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तथा सरसफाई सम्बन्धी सामग्री समेत बितरण गरिएकाे बताइएकाे छ । महिनावारी महिलाहरुमा हुने साधारण प्रक्रिया भए पनि महिनावारीको समयमा राम्रो हेरचाह र सरसफाई नगर्दा असाधरण समस्या आउने र ज्यानै जान सक्ने भएकोले महिनावारी सम्बन्धी परम्परागत धारणामा परिर्वत ल्याउँन अभियान सञ्चालन गरिएको गान्धी इन्टरनेशलन मिसनकी स्वास्थ्य संयोजक डाक्टर अंकिता अग्रवालले बताइन् ।

 

महिला स्वाथ्य सुरक्षा सबल भए मात्र समृद्ध नेपालको परिकल्पना सकार हुँने भएकाले महिला तथा किशोरीहरुको स्वास्थ्यको लागि महिनावारी स्वाथ्य अभियान सञ्चालन गरिएको ड. अग्रवालकाे भनाइ थियाे । मेघौली स्वाथ्य केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा डा. अंकिता अग्रवाल, डा. ओमा सापकोटा र डा. मदन वस्नेत लगायत चिकित्सकहरूकाे टाेली थियाे ।