समाचार

देश

प्रदेश ६

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पा । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेत्रबिक्र चन्द विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन्। 

 

उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जिउबाट पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ। 

 

नेपाल बन्द आह्वानको सिलसिलामा गत बैसाख ३० मा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका–२ का नेकपाका जिल्ला सदस्य सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिकाको– ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर उनीहरुले भगाएका थिए। 


उनीहरुलाई सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए। पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा, चन्दा रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरिएको छ। घटनामा संलग्न तीन जना फरार छन्। रासस