समाचार

देश

प्रदेश २

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

मङ्गलबार, ०१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

गौशाला । महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

 

ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा जलेश्वर नगरपालिका ९ स्थित परिकौली चोक नजिकै दुर्घटना भएको हो। 

 

घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। घटनामा अन्य ७ जना पनि गम्भीर घाइते भएका छन्। 

 

घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ। 

 

दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण दुर्घटनामा परेको हो। चालक, सहचालक भने फरार छन्।