विदेश

कर्नाटककाे चुनाव परिमाणः माेदीकाे पार्टीलाई सरकार बनाउन कठिन

कांग्रेसको समर्थन जेडिएसलाई

मङ्गलबार, ०१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

कर्नाटककाे चुनाव परिमाणः माेदीकाे पार्टीलाई सरकार बनाउन कठिन

कर्नाटक । अागामी वर्ष हुने लोकसभा चुनावका लागि निकै महत्वपूर्ण मानिएको कर्नाटकमा भएको विधानसभा चुनावको मतगणना अाउने क्रम जारी छ ।

 

२ सय २४ विधासभा सिटमध्ये गतको शनिबार २ सय २२ सिटका लागि मतदान भएको थियो । जारी मतगणनामा सुरुदेखि नै अग्रता लिएको केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी(भाजपा) कर्नाटकमा ठूलो पार्टी बन्ने लगभग पक्का भएको छ।

 

अहिलेसम्म भाजपाले ६२ सिट जितेको छ भने कांग्रेसले ३० सिट आफ्नो पक्षमा पारेको छ। समग्र अग्रताको कुरा गर्दा भाजपा १सय ५, कांग्रेस ७६ तथा जनता दल सेक्युलर (जेडिएस)ले ३९ सिटमा अग्रता लिएका छन्।

 

सरकार बनाउनका लागि एचडी देवेगौडा किंग मेकर हुने भएका छन्। यही बीचमा कांग्रेसले कर्नाटकमा सरकार बनाउनका लागि देवेगौडाको जेडिएसलाई समर्थन गर्ने घोषणा गरेको छ ।

 

कांग्रेस नेता गुलाम नबी आजादले यसबारे देवेगौडा र कुमारास्वामीसँग कुराकानी भएको बताएका छन् । मुख्यमन्त्रीका लागि जेडिएसले जसलाई छाने पनि कांग्रेसले समर्थन गर्ने उनले बताएका छन् ।

 

जेडिएसले आफूहरुको प्रस्ताव स्वीकार गरेको कांग्रेस नेता आजादले बताएका छन् ।