समाज

प्रदेश ७

पश्चिम तरार्इमा भिषण हावाहुरी, ठूलाे जनधनकाे क्षति, अत्यावश्यक सेवा ठप्प

सोमबार, ३१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

पश्चिम तरार्इमा भिषण हावाहुरी, ठूलाे जनधनकाे क्षति, अत्यावश्यक सेवा ठप्प

 धनगढी । कैलालीमा गएराति चलेको भिषण हावाहुरीले ठूलो जनधनकाे क्षति पुर्याएको छ । अाइतबार राति चलेको हुरीले कैलालीमा एक महिला सहित र विभिन्न अत्यावश्यक सेवामा समेत ठूलाे नाेक्सानी पुर्याएकाे हाे ।

 

जिल्लाकाे गौरीगंगा नगरपालिकामा स्थानियकाे घरमा माथि रूख ढल्दा ५६ वर्षिया चारुमणी बुढाकाे ज्यान गएकाे छ । जिल्लाका विभिन्न ठाउँमा स्थानीय वासिन्दाका घरका छाना उडाएको छ भने रुखहरु ढल्दा सडकको यातायात सेवा समेत अवरुद्ध भएको छ ।

 

धनगढी बजारमा रहेका विभिन्न पसलका टिनका छानाहरु हुरीले उडाएको छ । धनगढीका बिभिन्न स्थानमा पनि रुखहरु ढलेका छन्। यस्तै हुरीले विद्युतका पोलहरु ढालेपछि विद्युत सेवा अवरुद्ध भएको छ भने कतिपय ठाउँमा नेपाल टेलिकमको टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । स्थानिय वासिन्दाहरुले गएराती चलेको हुरीलाई दशकौपछिको ठुलो हावाहुरी भएको बताएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हुरी बतासले पुर्याएको क्षतिको विवरण संकलन भईरहेको जानकारी दिए । तिवारीले गएरातिकाे हावाहुरीले भौतिक संरचनामा ठूलो क्षति भएको बताए।

 

केहि संचार माध्यमहरुका टावर ढल्नुका साथै उपकरणहरुमा क्षती पुगेको उनले जानकारी दिए । धनगढीमा रहेको रेडियो धनगढीको टावर पनि हुरीले ढालेपछि रेडियोको प्रसारण अबरुद्ध भएको स्टेशन प्रमुख हरि जोशीले जानकारी दिएका छन् ।