समाचार

विदेश

मोदीविरुद्ध मनमोहनले राष्ट्रपति कोविन्दलाई चिठी लेखे

सोमबार, ३१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मोदीविरुद्ध मनमोहनले राष्ट्रपति कोविन्दलाई चिठी लेखे

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषा आपत्तिजनक भएको भन्‍दै राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन्। सिंहले पत्रमा अन्‍य कांग्रेस नेताको हस्ताक्षर पनि सामेल गरेका छन्।

 

पत्रमा कर्नाटक चुनावको दौरानमा मोदीले दिएको चुनाव प्रचारमा कांग्रेसलाई जस्तो गर्‍यो त्यस्तै पर्छ भन्‍ने अभिव्‍यक्तिप्रति सिंहले आपत्ति जनाएका हुन्। उनले पत्रका भनेका छन्, ‘ प्रधानमन्त्री मोदीले कांग्रेसलाई धम्काउने काम गरिरहेका छन्।’

 

 

उनले देशको जिम्‍मेवार प्रधानमन्त्री भएर अर्को पार्टीविरुद्ध अभिव्‍यक्ति दिनु गैरजिम्‍मेवार भएको भन्‍दै यसलाई तत्काल सच्‍याउन माग गरेका छन्।

 

मोदीले कर्नाटक चुनावको दौरानमा भनेका थिए,’कांग्रेसका नेताले कान खोलेर सुने हुन्छ, यदि सीमालाई पार गरेमा मोदीसँग बाध्‍य भएर भिड्‍नु पर्ने हुन्छ।’