यौन-शिक्षा

यौनबारे रोचक तथ्य : हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन्

आइतबार, ३० बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

यौनबारे रोचक तथ्य : हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन्

 

हाम्रो समाजमा यौनशिक्षाको कमी भएकै कारण अझैपनि हामी यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनौँ । यौनसमस्या तथा यौनसम्बन्धी रोगहरू लागिहालेमा पनि दोस्रो व्यक्तिलाई समस्या नबताउनाले यसले ठुलो समस्या निम्त्याउन सक्छ । यस विषयलाई जति नै लुकाउन खोजेपनि यौन आवश्यकता हो । त्यसैले समाजमा यौनशिक्षा निकै जरुरी छ । 

 

विश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी लुकी यौन सम्बन्धिका किताब पढ्ने, यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा असभ्यजस्तो बनाउने हाम्रो चलन छ । तर यौनलाई सकरात्मक रुपमा बुझ्दा उचित हुन्छ । 

 

यौनसम्बन्धी विश्वमा केही रोचक तथ्यहरू भेटिएका छन्  :

 

 

१) हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
२) विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
३) एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
४) पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
५) २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
६) रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।
७) आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।