खेल

आईपीएलः चेन्नइले हैदराबादलार्इ ८ विकेट हरायाे

आइतबार, ३० बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

आईपीएलः चेन्नइले हैदराबादलार्इ ८ विकेट हरायाे

काठमाडाैं । आईपीएल क्रिकेटमा चेन्नई सुपरकिङ्सले सनराइजर्स हैदराबादलाई ८ विकटेले हराएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएकाे १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभरमा २ विकेट गुमाएर भेट्टाएकाे हो ।

 

चेन्नइको जितमा अम्बाती रायडुले शतक पुरा गरे । यस्तै शेन वाटशनले ५७ र महेन्द्र सिंह धोनीले नटआउट २० रन बनाए । ६२ बलको सामना गरेका ओपनर रायडुले ७ चौका र ७ छक्का सहित १ सय रन बनाएका हुन् ।

 

यस्तै, वाटशनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । जितसँगै १२ खेलबाट १६ अंक बनाएको चेन्नइ अंकतालिकाको दोश्रो स्थानमा छ । यससँगै चेन्नईले प्लेअफमा छानिने सम्भावना बलियो बनाएको छ ।

 

१२ खेलबाटै १८ अंक बनाएको हैदारबाद प्रतियोगिताको प्लेअफका लागि छनोट भइसकेको छ । हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि चेन्नइले १ सय ८० रनको लक्ष्य पाएको हो ।

 

हैदराबादका शिखर धवनले ७९ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए । ४९ बल खेलेका धवनले १० चौका र ३ छक्का तथा विलियम्सनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।