कला साहित्य

कथाः नागरिकता

दिनमान गुर्मछान

शनिबार, २९ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

कथाः नागरिकता

अघिपछिझैं जुगल केवट बिहान सबेरै उठ्यो । बाहिर रिमरिम उज्यालो भइसकेको थियो । घरछेउको झ्याङमुनि टुक्रुक्क पिसाब गर्न बसुन्जेल पनि उसको जिउ भने पुरै बिउँझिसकेको थिएन । उठेर एकपटक आङ तन्कायो । सुतेका मांसपेशी बिउँझिए । अनि ऊ बलेसीमाथि सिउरी राखेको नीमको दतिवनले दाँत माझ्न थाल्यो । दतिवनले काइ परिसकेका दाँतका छेउछाउ केहीबेर घोचघाच पारेपछि आँगनमा राखिएको माटाको गाग्रीबाट अम्खोरामा पानी सा¥यो ।  मुख कुल्ला ग¥यो र मुख पनि धोयो । अनि गम्छाले मुख पुछिसकेपछि पूर्वतिर हे¥यो । पूर्वतिरको आकासमा अलिकति सुन्तला रङ पोतिएजस्तो देखिन्थ्यो ।  उसले समयको अनुमान लगायो । किनकि उसको हातमा घडी थिएन । उसको हातमा मात्र किन ऊसँग घडी नै थिएन । तर ऊ आकास, घाम र छाया हेरेर समय ठम्याउन भने सक्थ्यो । 

 

यतिबेला ठीक साढे पाँच बजेको थियो । गम्छाले मुख पुछ्यो । अलि हतार नै ग¥यो । किनकि उसलाई ठाकुरकहाँ दाउरा चिरिदिनुथियो । काम नगरे त मुखमा माड लाग्दैन ।  उसमाथि उसको मुख्य पेसा भन्नु नै बनिबुतो गर्नु थियो । ऊ अर्काको काम गरेरै परिवार पाल्थ्यो । कहिलेकाहीँ सदरमुकामसम्म पुगेर पसलको सामान खेप्ने गथ्र्याे । हिजै उसले भोलि बिहान ६ बजे नै आइपुग्छु भनेको थियो । त्यसैले पनि हतार ग¥यो । घरका जहान उठिसकेका थिएनन् । ऊ कसैलाई केही नभनी निस्कियो । बेलुका नै बिहानै ठाकुरकहाँ दाउरा चिर्न जाने कुरा बताएको थियो । फेरि भन्न जरुरी ठानेन । ऊ आफ्नो काममा ठीक समयमा पुग्न चाहन्थ्यो । फटाफट हिँड्न थाल्यो । 

 

महोत्तरीको मटिहानीको वडा नं. १ मा थियो उसको घर । तीन छोरा र चार छोरीको बाबु भइसकेको थियो । जम्मा दुई कट्ठा जमिन थियो । त्यसैले बनिबुतो गर्नुको विकल्प थिएन । त्यसैले बडो कठिनले उसले छोराछोरी हुर्कायो । उनीहरु अब हुर्किसकेका थिए । बिहे पनि भइसकेको थियो । आफूले सन्तानको लागि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेको ठान्थ्यो । राम्रो पक्षचाहिँ के थियो भने ऊ मेहनती र इमान्दार थियो ।  त्यसैले ऊ सबैको विश्वासिलो थियो ।

 

जुगल ठाकुरकोे आँगनमा पुग्यो । “समयके पक्का छे तो जुगल ।”, ठाकुरले उसलाई देख्नेबित्तिक्कै  भन्यो । ठाकुर त्यतिबेला मुख धोइरहेको थियो । “कु¥हइर (बञ्चरो) कत हई, मालिक ?”, जुगलले नरम हुँदै सोध्यो । ऊ काममा लागिहाल्न चाहन्थ्यो । ठाकुरले बञ्चरो देखाइदिएपछि ऊ बञ्चरो लिएर घर पछाडि लाग्यो । 

 

हिजोअस्ति रुख ढालिएका थिए । त्यसैको मुढा चिर्नु थियो । खिइँदै गएको ज्यानले बलिया काठका मुढा चिर्नु थियो । जुगलले बिस्तारै आफ्नो कला प्रदर्शन ग¥यो । साँच्चै बल चाहिँदो रहेनछ । ढङ्ग पु¥याए सजिलै पो हुने रहेछ । उसले सजिलै चिर्न थाल्यो । दिउँसोभर निधारबाट पसिना चुहाउँदै दाउरा चि¥यो । जुगल जन्मिँदा घरमा खुसीको रौनक छाएको थियो । बिहे भएदेखि बल्ल ६ वर्षमा उसकी मतारीले (आमाले) छोरो पाएकी थिई । उसको बापुको त भुइँमा खुट्टा थिएन । भर्खरै जन्मिएको कलिलो छोरोको निधार चुमेर भनेको थियो, “एकर चेहरा कतेक उज्जर हई । इ हमर घरमे इजोत (बिहानी) लके आँइल हई ।”

 

ठाकुर पनि त जुगल जन्मिएकै साल जन्मिएको हो । उनीहरु सँगसँगै खेल्थे । सँगै गाउँको खद्दा (पोखरी) मा नुहाउँथे । ठाकुरसँगै उसले पनि तीन कक्षासम्म पढ्यो । त्यसपछि पढ्न गाउँदेखि अर्काे गाउँको स्कुल जानुपथ्र्याे । जुगलको बापुले उसलाई त्यहाँभन्दा माथि पढाउन सकेन । सानामा त जुगल र ठाकुरले एकअर्कालाई ‘तँ’ नै भन्थे । एकअर्काको जुठो खाएकापनि हुन् तर विस्तारै जुगलले ठाकुर मालिक हो भन्ने बुझ्दै गयो र ‘मालिक’, ‘हजुर’ भन्न थाल्यो । 

 

अब त मालिक नभए जुगलको घरको चुलो नै बल्दैन । दिनभरि उसले दाउरा चि¥यो । खाना पनि उसले त्यही“ खायो । साँझ काम सकेर ऊ घर फर्कियो । काम अझै बाँकी थियो । त्यसैले भोलि गर्छु भनेर ऊ फर्कियो । “आई फेरु देर करलही !”, जुगल घर पुग्नासाथ उसकी बूढी ठगुनीले भनी ।उसले पहिले बूढीको अनुहार हे¥यो । ऊ आफैं फतक्क गलेको थियो । तर उसले ठगुनीलाई बढी गलेको देख्यो । जुगलले कुनै जवाफ फर्काएन ।ठाकुरको घरबाट ल्याएको चिउराको थैलो दियो । ठगुनीले थैलो समाई । जुगल घरभित्र छिर्दा आँखै नदेख्ने अँध्यारो भैसकेको थियो । 

 

“दिया कइला नई बरलही ?”, उसले सोध्यो । ठगुनीले हतारहतार टुकी बाली । गाउँमा बिजुली पुगेको धेरै भइसकेको थियो । तर जुगलको घरमा बिजुली पुगेको थिएन । मिटर जडान गर्नदेखि बिजुलीका सामान खरिद गर्न ऊसँग पैसा नभएपछि उसले बिजुलीलाई आफ्नो घरमा स्वागत गर्न सकेको थिएन । तर पनि घरमा एकदिन बिजुलीबत्ती बाल्छु भन्ने उसको सपना थियो । थाकेको शरीर लिएर ऊ ओछ्यानमा पल्टियो । 

 

घर उसको लागि दुई शरीर लुकाउने ठाउँ हो । जहाँ घाम र पानीले सुरक्षित राख्थ्यो । बाँसको टाटीले घेरिएको भित्तामा माटोले लिपिएको थियो । छानो खपटाले छाएको । हावाहुरी चल्दा घर नै उडाउला जस्तो हुन्थ्यो । तैपनि यी दुई ज्यानले आफूलाई यसै घरमा सुरक्षित ठान्थे । भोलिपल्ट सबेरै जुगल केवट ठाकुरकहाँ पुग्यो । हिजोझैं बञ्चरो लिएर दाउरा चिर्न थाल्यो । ठाकुरले उसलाई दिनभरि काम लगाएको एकसय पचास दिन्छ । त्यही पैसाले गुजारा चलाउनु छ । र, त काम गर्छ ऊ । उसको कामप्रति सबै खुसी हुन्थे । आजसम्म कसैले गुनासो गरेको छैन । 

 

गाउँको बाटोमा धूलो उडाउँदै जिप गुड्यो । जिप धूलोले नचिनिने भएको थियो । त्यो आउँदै गरेको जुगलले पनि देखेको थियो । त्योबेला ऊ निधारको पसिना पुछ्दै थियो । त्यतातिर वास्ता नगरी ऊ आफ्नो काममा लाग्यो । जब जिप रोकियो अनि विस्तारै धूलो कम भयो । तब पो जिप कस्को हो भनेर देखियो । नेपाल प्रहरी लेखिएको जिप ठाकुरको घर अगाडि बाटोमा रोकिएको थियो । त्यो जुगलले पनि देख्यो । व्यर्थै किन अल्मलिनु भन्दै निधारको पसिना पुछ्दै ऊ आफ्नै काममा लागेको थियो । गाउँमा यस्ता जिप बेलाबेला आउने गर्थे । पहिला पञ्चायतकालमा यस्तो जिप आयो कि गाउँका सबै लुक्थे । घरका मौगी (आइमाई)हरु घरको ढोका झ्याल थुनेर बस्थे । तर अब त फेरिएको छ । सबै घरको आँगनमा उभिएर हेर्छन् । अझ केटाकेटीहरु जिपको वरिपरि नै झुम्मिन्छन् । कोही जिपको नम्बर प्लेट हेर्छन् त कोही प्रहरीको छातीमा झुण्डिएको तारा वा तक्मा । नभए नाम हेर्छन् । 

 

ओर्लिएका प्रहरी ठाकुरको घरको आँगनमै उभिए । “जुगल केवट कहाँ छ ?”, असईले सोध्यो । ठाकुर आँगनमा देखा प¥यो । अचानक प्रहरी आँगनमा देखेर अनिष्टताको कल्पनाले धर्मरियो । तर जब जुगललाई खोजी गरेको थाहा पायो, ऊ झन् अचम्म प¥यो । कुनै राम्रै कामको लागि होला ! उसले सोच्यो । किनकि जुगल राम्रो काम गर्छ भन्ने धेरैलाई थाहा थियो । र ऊ विश्वासिलो पनि थियो । ठाकुरले भन्यो, “ऊ मेरो घरपछाडि दाउरा चिर्दैछ । तर हजुरहरुले किन खोज्नु भएको होला ?” 

 

उसले अलि नरम स्वरमा मिलाएर भन्यो । प्रहरीसँगै ऊ पनि घरपछाडि लाग्यो । जुगल केवट दाउरा चिर्दै थियो । ऊ आफ्नै सुरले काममा व्यस्त भएको ठाउँ सबै पुगे । दुईजना सिपाहीले उसलाई घेरिसकेका थिए । तर ऊदेखि दुई हात परै उभिए । “जुगल केवट तिमी हामीसँग जानुप¥यो ।”, असईले भन्यो । असईको कुरा सुनेर जुगल छक्क प¥यो । तर किन जाने ? प्रष्ट त हुनै प¥यो ! ऊ डराउँदै थियो । तर, उसले सोध्यो, “किन होला ? कुनै काम पो थियो कि ?”

 

“तिम्रो नाममा पक्राउ पुर्जी आएको छ । अदालतको निर्णयअनुसार तिमी उहिल्यै कारागारमा हुनुपथ्र्याे ।”, यति भन्दै असईले कागज देखायो । उहिले तीन कक्षामात्रै पढेको जुगलले अब पढ्न बिर्सिसकेको थियो । तर आफ्नो नाम भने ठम्यायो । ठाकुरले पनि पढ्यो । जुगलको नाउँमा पूर्जी आएको देखेर सबै छक्क परे । जुगल आफ्नो नाम देखेर अत्तालियो । दिनभर दाउरा चिर्दाको भन्दा बढी नै पसिना निधारबाट बग्न थाल्यो । लुगलुग काँपेकै भए पनि उसले धेरै प्रतिवाद ग¥यो । आफूले कुनै अपराध नै नगरी पक्राउ पूर्जी देखाएर लिन आएका प्रहरीसँग उसले केहीबेर भएपनि आफ्नो कुरा राख्यो । तर प्रहरीले उसको कुरा मान्ने छाँटकाँट नै देखाएनन् । न त ‘जुगल केवट अत्यन्तै असल र इमान्दार मान्छे हो’ भन्ने ठाकुरको दावीलाई नै उनीहरुले माने ।  

 

एकछिनपछि जुगललाई लिएर जिप धूलो उडाउँदै बाटो लाग्यो । गाउँमा ठूलै हल्ला भयो । भुइँचालो गएझैं भएको थियो । यो खबर सुनेर जुगलकी स्वास्नी मूर्छा नै परी । गाउँलेहरु अनेकथरी अड्कल गर्न थाले । जुगल बेलाबेलामा सदरमुकाम जान्थ्यो । त्यतिबेलै उसले गल्ती गरेको हुनुपर्छ, भन्नेहरु यसरी पनि भन्न थाले । “जुगलले डाँका मार्नेजस्तो अपराध गर्नै सक्दैन ! म राम्रोसँग चिन्दछु उसलाई ।”, ठाकुर भन्थ्यो । ठाकुरले भनेपछि सबै चुप लाग्थे । तर आआफ्नो घरमा सबै जुगलको कुरा काट्थे । हिजोसम्म उसको गुनगान गाउनेहरु पनि उसको कुरा काट्न थाले । ओरालो लागेको मृगलाई खेदेझैं भयो । 

 

जुगलकी ठगुनीले ठाकुरकोमा गएर गुहार मागी । ऊसँग यो बाहेक कुनै उपाय पनि त थिएन । गाउँमा हुनेखाने र सहरमा चिनजान बढाएको एकमात्र व्यक्ति ठाकुर थियो । उसैसँग रिन लिएर भए पनि जुगलकी स्वास्नी, छोराछोरी सबै भेट्न जाने भए । ठाकुरलाई पनि गइदिन आग्रह गरी । आफूसँगै हुर्केबढेको जुगलको अनुहार ठाकुरको आँखाभरि नाच्यो । केही नभए पनि आफूलाई काममा सघाउने कामदार ठानेरै पनि केही गर्न सकिन्छ कि भन्ने विचार आयो । ठाकुर पनि उनीहरुसँगै जाने भयो । 

 

जलेश्वर पुग्दा चर्काे घाम लागिरहेको थियो । अदालत नजिकै रहेको कारागारको मूलढोकामा पुगेर सबै ठिङ्ग उभिए । ठगुनी र उसका छोराहरु त्यहाँ पुगेर के गर्ने ? कहाँ कसलाई सोध्ने हो ? केही थाहा नपाएर अलमलिएका थिए । सबैले ठाकुरको मुख ताकिरहेका थिए । ठाकुरले नै ड्युटीमा रहेका प्रहरीसँग कुरा ग¥यो । बल्ल पो जुलगसँग भेट्न पाइने भयो । कारागार पुगेर जुगललाई सबैले भेटे । ऊ ननिदाएझैं देखिन्थ्यो । उसका निधारमा मुजा पहिलेभन्दा बढी देखिन्थे । आँखा लठ्ठिएका देखिन्थे । राम्रोसँग खान नपाएको जस्तो अनुहार थियो । यो देखेर ठगुनी उसको सामु रोई ।

 

“आफूले नगरेको अपराधको सजायँ मैले किन पाएँ ? मेरो जीवनभरको सोझोपन र इमान्दारिताको फल के यही हो ?”, जुगलले ठाकुरलाई भन्यो । ऊ लगलग काँपेको अवस्थामा बोलेको थियो । उसभित्रका शक्तिका सबै स्रोत सुकिसकेका थिए । तर, पनि यतिबेला उसभित्र सरकारप्रति रिस उम्लिरहेको थियो । आक्रोशित जुगल आफ्नै मान्छेको अघिमात्रै कुर्लिन सक्थ्यो । अरु त उसले के नै गर्न सक्थ्यो र ! ठाकुरले जुगललाई सान्त्वनाबाहेक केही दिन सकेन । जुगलले बिलौना गरिरहेको हेर्न पनि गाह्रो भयो । तर त्यसै बस्नु पनि कसरी ? ठाकुर चुपचाप कारागार इञ्चार्जलाई भेट्न हिँड्यो । वास्तविकता बुझ्नु थियो ।


जेलरसँग उसको राम्रै चिनजान थियो । त्यही सम्झेर पनि ठाकुर जुगललाई केही नभनी बाहिरिएको थियो । कारागार परिसरमै रहेको कार्यालयमा छिरेको ठाकुरले सीधै जेलरलाई भेट्यो । भेट्नासाथ जेलरलाई दुई हात जोड्दै सोध्यो– “जेलर साहेब, जुगलके केसः के बारेमे आहाँके किछ मालूम हई ? हमरा किछ बताऊ !” जेलर ठाकुरलाई राम्रैसँग चिन्दथ्यो । देख्नासाथ ठाकुरको नमस्कारको जवाफ फर्कायो । त्यतिबेलासम्म ठाकुर कोठाभित्र छिरिसकेको थियो । जेलरले उसलाई बस्न आग्रह ग¥यो । जेलरले जुगलको फाइल खोज्यो । ठाकुरकै अगाडि टेबलमा एकएकगरी पल्टायो र पढ्यो । पढ्दै जाँदा ठाकुर जिल्ल प¥यो । जुन डाँका मुद्दा थियो, त्यो २००१ सालको रहेछ । त्यतिबेलाको फैसलाले जुगल केवटलाई सजाय तोकिएको थियो । ठाकुरका आँखा फुत्किएलान्झैं गरी फाइलका पानामा टक्क अडिए । ठाकुर आफूसँगै जन्मिएर हुर्किएको जुगलको वास्तविकता जान्दथ्यो । ऊ त्यहाँबाट रन्थनिदै बाहिरियो ।

 

“जुगल मसँगै जन्मिएको । हामी दुवै २०१५ सालमा जन्मिएको । यो कसरी हुन सक्छ ? ऊ जन्मिनुभन्दा पन्ध्र वर्ष पहिलेको डाँका मुद्दाको सजायँ उसले किन पाउने ?”, ठाकुर बर्बराउँदै बाहिरियो । उसले जेलरसँग पनि यही कुरा गरेको थियो । जुगल र उसकी बूढीलाई पनि ठाकुरले त्यही कुरा सुनायो । यो सुनेर जुगल र उसकी बूढी सरकारसँग खुब आक्रोशित भए । उनीहरुकै भाषामा तथानाम भने । 
 “कराएर केही हुने होइन । अब वकिलसँग कुरा गर्ने हो ।”, ठाकुरले सुझायो । ठाकुरको यो सूचनाले उनीहरुमा आशा पलायो । सबैको मनमा केही गर्न सकिन्छ कि ? भन्ने प्रश्न उठ्यो ।

 
लगत्तै वकिललाई भेटे । कानूनी परामर्श केन्द्र त्यहीँ नजिकै लस्करै खोलिएका थिए । छानीछानी वकिल पाइने । तर ठाकुरले आफूले चिनेकै वकिलसँग भेट्यो । ठाकुरसँगै ठगुनी र उसका छोराहरु पनि थिए । भएको सबै कुराको नालीबेली बताए । ठाकुरले विशेषगरी जुगलको २०१५ सालको जन्म र डाँका मुद्दा २००१ सालको कुरामा जोड दिएर बतायो । 

 

“जुगलको नागरिकता ल्याउनुस् ।”, उनीहरुको कुरा सुनिरहेको वकिलले भन्यो । अघिदेखि जुँगा मुसारिरहेको वकिल भने कुरा सुनिरहँदा आफूले पाउने पारिश्रमिकको पनि हिसाब मिलाइरहेको थियो । बल्ल सबैको ध्यान नागरिकतातिर गयो । २०४१ सालतिर जुगल केवटले नागरिकता बनाएको थियो । गाउँमा टोली आएकोबेला सबैले बनाएपछि उसले पनि बनाएको थियो । पहिलोपटक फोटो खिचेको नै त्यहीबेला हो । तर त्यो नागरिकताको जरुरत कहिल्यै परेन । त्यसैले त्यो घरमा कतै मिल्काएको थियो । जतन गरी राखेको चाहिँ पक्कै थिएन । जुगलकी बूढीले सम्झिने धेरै कोसिस गरी । अहँ, उसको सम्झनामा नागरिकता कतै आएन । अन्त्यमा जुगललाई नै सोध्नुपर्ने भयो । यो बाहेक कुनै विकल्प पनि त थिएन । जुगलले पनि जिन्दगीमा काम नलागेको त्यो नागरिकतालाई   सम्झियो । कता पो मिल्काएको थिएँ ? उसले निक्कैबेर सोच्यो । धेरै पटक काम नलाग्ने भन्दै फालेको मात्र याद आयो । उसलाई पनि सम्झिन निक्कैबेर लाग्यो ।

 

“खटियाके तरमे हउ । जाके देख त !”, जुगलले सम्झियो । चुनावको लागि फोटोसहितको परिचयपत्र बनाउँदा फोटो खिचाएर फर्किएको दिन खाटमुनि फ्याँकेको थियो । कुनैदिन काम नलाग्ने भनेको त्यही नागरिकता काम लाग्दै थियो । यतिबेला उसलाई त्यही नागरिकता प्रिय लागेर आयो । र, दुई हात जोड्दै ईश्वरलाई पुकारा ग¥यो, “हे भगवान त्यो त्यहीँ खटियामुनि होस् ।” नभन्दै नागरिकता खाटमुनि नै रहेछ । खाटमुनि धूलोले पुरिएको नागरिकता झिकी । पहिले त ऊ निक्कै खुसी भई । त्यसपछि मात्र धूलो टक्टकाई । टकटकिएको नागरिकतालाई एकपल्ट चुमी । झण्डै जुगलको मुस्कुराइरहेको फोटोमा चुमेकी थिई । धेरै पहिले खिचेको फोटोमा जुगलले ढाकाटोपी लगाएको थियो । त्यो देखेर ठगुनीलाई बिहे गरेको वर्षको याद आयो ।  

 

भेटिएको नागरिकता जलेश्वर पुगेर वकिललाई दिई । जुगलको विषयमा निवेदन दर्ता गरायो । सबै प्रक्रिया वकिल आफैंले मिलायो । झण्डै एकहप्ता पछि जुगल जेलमुक्त भयो । ऊ बाहिरिँदा थकित देखिन्थ्यो । कहिल्यै जेल नपरेको जुगल कुनै अर्कै फरार व्यक्तिको नाम जुधेको भरमा जेल परेको थियो । त्यही चिन्ताले पनि होला ऊ दुब्लो देखिएको थियो । 

 

उसका छोराछोरी, उसकी ठगुनी भने जुगल जेलबाट मुक्त भएकोमा खुसी थिए । सबैलाई एउटा ठूलै युद्ध जितेझैं भएको थियो । त्यही जितको खुसी मनाउँदै सबै गाउँ फर्किए । गाउँ फर्किंदा जुगल केवट भने जेलमुक्त हुन गरिएको खर्चको सात हजार दुई सय रिन काधमा बोकेर गह्रुङ्गो पाइला उचाल्दै अघि बढ्यो । त्यतिबेला जुगलले हातमा नागरिकता कसिलो गरी समाएको थियो ।