कला साहित्य

निरा भगतकाे कविताः ज्ञानी सत्रुलार्इ मेराे सरकार भगवान सम्झेर पुज्छ

शुक्रबार, २८ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

निरा भगतकाे कविताः ज्ञानी सत्रुलार्इ मेराे सरकार भगवान सम्झेर पुज्छ

हाम्रो विरुद्धमा

गोली र बोली प्रहार गर्ने

ती विदेशी प्रभूहरुलाई

जसले राष्ट्रिय एकतामा

खलल पुर्‍याउने गर्दछ

ती ज्ञानी सत्रुहरुलाई

मेरो सरकारले

भगवान सम्झेर पुजा गर्छ

जननीलाई जस्तै सम्मान गरी पाउ पर्छ 

हामी बाघका बच्चा डमरु हौं

भन्न लाज लाग्ने बेला आएको छ ।

 

धत्तेरीका हो

कम्युनिष्ट सरकार भन्न मनमा झमेला आएको छ ।

ती ज्ञानी सत्रुहरुलाई

मेरो सरकारले भगवान सम्झेर पुजा गर्छ ।

जननीलाई जस्तै

सम्मान गरी पाउ पर्छ ।

 

सत्ता बाहिरिन्छ कि भन्ने डर छ

सिंहदरबारको कुर्चीलाई

हामीलाई डस्छ सत्ताले

बडापनको धेरै फुर्तीलाई

ती ज्ञानी सत्रुहरुलाई

मेरो सरकारले भगवान सम्झेर पुजा गर्छ ।

जननीलाई जस्तै सम्मान गरी पाउ पर्छ ।

 

निरा भगत