समाचार

मनोरञ्जन

बलिउड अभिनेत्री नेहा धूपियाले काे सँग गरिन बिहे ?

बिहिबार, २७ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बलिउड अभिनेत्री नेहा धूपियाले काे सँग गरिन बिहे ?

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूरको बिवाहपछि अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाहको खबर बाहिरिएको छ । नेहाले भारतका क्रिकेटरका छोरासँग विवाह गरेकी छिन् । उनले क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गरेकी हुन ।

 

नेहा र अंगदले आफ्नो इन्स्टाग्राम मार्फत विवाहको तस्बिरसहित आज विवाह गरेको खुलासा गरेकी छिन । नेहाले उनको इन्स्टाग्राम मार्फत आफूले विवाह गरेको खबर सार्वजनिक गरेकी हुन । उनका नवविवाहित दुलहा अंगदले पनि ‘मिल्ने साथी र अहिले श्रीमती’ क्याप्सन राखेर फोटो सार्वजनिक गरेका छन ।

यसअघि अभिनेत्री अनुष्का शर्मा तथा भारतीय क्रिकेटका कप्तान विराट कोहलीले पनि गुपचुप रुपमा विवाह गर्दै विवाहको खबरपछि मात्रै सार्वजनिक गरेका थिए । अभिनेत्री नेहाले पनि अनुष्कालाई पछ्याउदै कसैलाई खबर नगरी सुटुक्क विवाह गरेकी छिन ।