अपराध सुरक्षा मुख्य समाचार प्रदेश २

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्। काशीनाथ तिवारी हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइएपछि कुशवाहा फरार भएका थिए ।

 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंबाट पक्राउ गरेको हो। हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष तिवारीको हत्या अभियोगमा कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको थियो।

 

पक्राउ परेका कुशवाहालाई अदालतको फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिने सिआईबीका डिएसपी कमल थापाले बताए ।

 

माओवादी केन्द्रबाट मेयरमा निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव पनि हुन् । उनलार्इ नेता शाहाकाे स्वकिय सचिव भएकै बेला हत्या अभियोगमा मुद्दा लगाइएको थियो।

सियाराम कुशवाहा पक्राउ कटहरिया नगरपालिका