अर्थ

पर्यटन

प्रदेश ३

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

सोमबार, २६ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

सगरमाथा आरोहणका लागि तामाङ्गलाई थोकर फिल्मर्सकाे १५ लाख सहयोग

भक्तपुर । थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ । 


रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रालिका प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम प्रदान सहयोग  गरेका हुन् ।

 
प्रालिले सगरमाथा आरोहणका लागि आबश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताए ।आरोहण सहयोगका लागि देश विदेशमा रहेका सबै सहयोगी हातहरुलाई फिल्मस् प्रा।लि।ले धन्यवाद समेत दिएको छ ।

 

थोकर फिल्मस् प्रा।लि।ले यसअघि नै विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आइरहेको छ । तामाङ्गले आजबाट सगरमाथा आरोहण गर्न लागेकी हुन् ।