अपराध सुरक्षा

समाज

प्रदेश २

छोरीको हत्या अभियोगमा बुवा जेल चलान

शनिबार, २४ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

छोरीको हत्या अभियोगमा बुवा जेल चलान

धनुषा । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ।

 

आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो।

 

त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्ने जिद्दी गरेका कारण बाबु दिलीपले फागुन ८ मा उनलाई जनकपुर ल्याई कुटपिट गरेर हत्या गरी शव जलाएको बुझिएको छ । रासस