फोटो

समाज

‘आर्यघाट के भन्दै छ ! बलात्कारी ले भन्दै छ !!’ (फोटोफिचर)

चन्द्र राई

शुक्रबार, २३ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

‘आर्यघाट के भन्दै छ ! बलात्कारी ले भन्दै छ !!’ (फोटोफिचर)

‘आर्यघाट के भन्दै छ बलात्कारी ले भन्दै छ’ सयौँको संख्यामा जम्मा भएका युवाहरुको एकै स्वर थियो । अनुहारमा घाउचोटका आकृती कुदिएका ती युवायुुवती स्वतस्पर्त ढंगमा माइतघर मण्डलामा उत्रिएका थिए । उनीहरुको माग थियो ‘नारी कसैको खेलौना हौइन पीडितलाई न्याय दे’ । बलात्कारीविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरेका युवाहरुले विरोध र्यालीमा अर्काे नारा थियो ‘उठ जनता अति भो चुप बस्दा क्षति भो’ ।

बलात्कारसम्बन्धि बढ्दै गरेका पछिल्ला घटनाले युवाहरुलाई सडकमा आउन बाध्य बनाएको छ । बलात्कारिलाई कडा कारवाही र कानुनी दायरामा ल्याउन माग गर्दै माइतीघर मण्डलामा दैनिक जसो र्याली हुने गरेका छन् ।  

सम्बन्धित निकायले बलात्कारका घटनालाई गुपचुप राख्नुका साथै आर्थिक चलखेल गरेर पीडकलाई उन्मुक्ति दिन प्रयास गरेको भन्दै दबाब दिन उक्त विरोध कार्यक्रम गरेका थिए । विरोध कार्यक्रममा युवा नेता रञ्जु दर्शनाको समेत सहभागीता थियो ।