समाचार

राजनीति

प्रदेश ६

डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसकाे छायाँ सरकार

आइतबार, १६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसकाे छायाँ सरकार

 डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांंग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली कांगे्रसले डोल्पाका ८ वटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो। 

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको छ। छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली कांग्रेस डोल्पाले जानकारी दिएको छ। 

 

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्नेछ।

 

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए। रासस