मुख्य समाचार

राजनीति

प्रदेश ४

प्रदेश ४ काे कांग्रेस संसदीय दल नेतामा नेपाली

आइतबार, १६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश ४ काे कांग्रेस संसदीय दल नेतामा नेपाली

पोखरा । प्रदेश ४ को कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली चुनिएका छन् । प्रदेश सभा गठन भएको लामो समयपछि मात्रै उक्त पार्टीको संसदीय दलले नेतृत्व पाएको हो ।

 

नवलपरासीबाट निर्वाचित कांग्रेसका पुराना, निष्ठावान र इमान्दार नेता पोखरेल प्रदेश सभामा कांग्रेस सांसदहरुमध्ये सबैभन्दा वरिष्ठ पनि हुन् ।

 

तर बागलुङका सांसद मणिभद्र शर्मा, कास्कीका सांसद कुमार खड्का र कास्कीबाटै निर्वाचित अर्का सांसद विन्दु थापा पनि उक्त पदका आकांक्षी थिए ।

 

शनिबार कांग्रेस संसदीय दल नेतृत्वका लागि सर्वसम्मति जुटेको हो । आइतबार मात्रै कृष्णचन्द्र नेपाली संसदीय दल नेता निर्विरोध भएको घोषणा हुनेछ ।