समाचार

मनोरञ्जन

साथीकाे पार्लर उद्घाटन गर्न पुगिन् संचिता

आइतबार, १६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

साथीकाे पार्लर उद्घाटन गर्न पुगिन् संचिता

नायिका संचिता लुइटेलको व्यस्तता अहिले चलचित्रमा खासै छैन । संचिता अहिले घरयसी काममा व्यस्त छिन् । संचिताका फेसबुकमा अहिले पती निखिल उप्रेतीसँगका तस्बीर धेरै देख्न पाइन्छ ।

 

संचिता चलचित्रमा व्यस्त नभएपनि अन्य काममा भने व्यस्त छिन् । उनै, संचिता शनिबार काठमाण्डौंको नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को शुभारम्भ गरेकी छिन् ।


विगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसायक गर्दै आएकी गीता गिरीले यो पार्लर संचालनमा ल्याएकी हुन् । हाल महिलाहरुका लागि सौन्दर्य सुविधा उपलब्ध गराउादै आएको यो पार्लरले चाडै नै पुरुषहरुका लागि पनि सौन्दर्य सेवा उपलब्ध गराउने बताइएको छ ।