मनोरञ्जन

एभरेस्ट राज टालाटुली बटुली खेल्दै 

शुक्रबार, १४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

एभरेस्ट राज टालाटुली बटुली खेल्दै 

नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा “टालाटुली बाटुली ” म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

 

गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिदै त्यो रमाइलो गरेको कुरालाई गीतको माध्यमबाट पोखिएको छ । बाल्यकालको कुराहरु झल्काएको उक्त भिडियोमा टालाटुली नाम दिए पनि धेरै जसो बचपनमा खेलिने खेलको नाम  टालाटुली बटुली भिडियोमा कैद गरिएको छ । बिन्ध्यबासिनी म्युजिक प्रा लि को युट्युब च्यानलबाट बजारमा आएको उक्त भिडियो दर्शकले मन पराइ दिनुहुनेछ भन्ने कुरा मोडेल राजले बताएका छन् ।

 

किरण के उप्रेतीको शब्द र पुस्कर सुनुवारको सङ्गित रहेको गीतलाई सन्जीव बराइलीले एरेन्ज गरेका छन् । सो म्युजिक भिडियोमा राजकुमार दर्जि र मनिशा शिरिष मगरले अभिनय गरेका छन् । काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् ।

 

अजय रेग्मीले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।