मनोरञ्जन

प्रियंका भर्सेस प्रियंका: ‘कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज’ अाजबाट हलमा

शुक्रबार, १४ बैशाख २०७५ गते प्रकाशित
- चन्द्र राई

प्रियंका भर्सेस प्रियंका: ‘कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज’ अाजबाट हलमा

शुक्रबारदेखि हलमा २ नयाँ चलचित्र रिलिज भएका छन् । निकै प्रचारप्रसार गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’आजबाट हलमा लागेको छ । नायिका केकी अधिकारीको पहिलो निर्माण चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । 

 

चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रलाई पूर्ण कमेडी कथामा निर्माण गरिएको छ । याे चलचित्रको प्रचारका लागि नायिका केकी अधिकारीले विभिन्न खालका शैली अपनाएकी थिइन् ।

 

यस्तै, आजैबाट खासै प्रचारप्रसार नगरिएकाे चलचित्र ‘ह्याप्पी डेज’पनि रिलिज गरिएको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता मुख्य भूमिकामा छन् । यो चलचित्रले भने यूकेमा बस्ने नेपालीको कथालाई उठान गरेको छ ।

 

दुबै चलचित्रमा नायिका प्रियंका कार्की मुख्य भूमिकामा रहेकाले पनि हलमा प्रियंका भर्सेस प्रियंकानै देखिएको छ ।