मनोरञ्जन

सामाजिक सञ्जाल

ओलीलाई माग्नेको सुझावः डाक्टर उपाधि मोदीलाई फिर्ता दिनुस, सिमाना जोगाउनुस

शुक्रबार, १४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

ओलीलाई माग्नेको सुझावः डाक्टर उपाधि मोदीलाई फिर्ता दिनुस, सिमाना जोगाउनुस

काठमाडाै‌ं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अागामी वैशाख २८ मा नेपाल भ्रमणमा आउँदैछन् । मोदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले के-कस्ता मुद्दा उठाउने हुन्, त्यो हेर्न बाँकी छ ।

 

तर  हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले भने प्रधानमन्त्री ओलीलाई सिमा क्षेत्रमा भएका हस्तक्षेपको मुद्दालाई उठाउन सुझाव दिएका छन् ।

 

हाँस्यकलाकार माग्ने बुढा सामाजिक संजालमा सक्रिय कलाकार हुन् । उनले देशको राजनितिक र समसामयिका बिषयको बारेमा बिभिन्न स्टाटस तथा पोस्हरु गर्ने गर्दछन् ।  उनले आफ्नो फेसबुक स्टाटसमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले पाएको डाक्टर उपाधि फिर्ता गर्नसमेत आग्रह गरेका छन् ।

 

 उनले आफ्नो फेसबुक पोस्टमा भनेका छन् - केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन ।

 

रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्।

 

 देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन।

 

अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।