समाचार

बिचित्र विश्व

गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग, शिशुको मृत्यु

बिहिबार, १३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग, शिशुको मृत्यु

भारत झारखण्डको इटखोरीमा नक्कली डाक्टरले नवजात शिशुको लिंग काटेर शिशुको हत्या गरेका छन् । आठ महिनाको गर्भ जाँच गर्दा छोरी भएको बताएका ति डाक्टरले शल्यक्रिया गर्दा छोरा भएको थाहा भएपछि लिंग काटिदिएका भारतीय संचार माध्यमले जनाएका छन् ।

 

लिंग काटिएपछि उच्च रक्तश्राव भएर शिशुको ज्यान गएको हो । तर डाक्टरले शिशुको परिवारलाई अपाङगता भएको बालिका जन्मिएको र उनको मृत्यु भएको खबर दिएका थिए ।


परिवारले शिशुको शव फालेको ठाउँमा हेर्न गएपछि मात्रै लिग काटिएको अवस्थामा आफ्नो शिशुको ज्यान गएको थाहा पाएका थिए ।


त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । तर नक्कली डाक्टर अहिले फरार छन् । उनीहरुको खोजी भैरहेको भारतको प्रहरीले जनाएको छ ।
परिवार यतिबेला शोकमा डुबेको छ । उनीहरुले नक्कली डाक्टरलाई कारवाहीको माग गरेका छन् ।