समाचार

राजनीति

प्रदेश ६

राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण मुलुक बन्न सकेनःमुख्यमन्त्री शाही

बुधबार, १२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण मुलुक बन्न  सकेनःमुख्यमन्त्री शाही

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्।

 

अहिलेसम्म राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण मुलुक बन्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले राष्ट्र निर्माणका लागि आत्मसमिक्षा सहित अगाडि बढ्नुपर्ने धारणा राखे।

 

बुधवार प्रदेश राजधानी सुर्खेतमा आयोजित भुकम्प मापन केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले नेताहरूले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त्य गर्नै पर्ने बताए।

 

‘राष्ट्र र जनतालाई समृद्ध वनाउन सके मात्रै सबैको भविश्य बन्छ।’ मुख्यमन्त्री शाहीले भने, ‘राष्ट्र निर्माणको अभियानमा गर्वका साथ अघि वढ्नु अहिलेको दायित्व हो।’

 

भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भुकम्पीय जोखिमवाट बच्नका लागि पूर्वसावधानी अपनाउन आग्रह गरे। उनले भुकम्पीय क्षति कम गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

 

प्राकृतिक विपत्ति आईपरेकोबेला आत्तिने र पछि क्रमशः लापरवाही गर्ने मानवीय प्रवृत्तिका कारण पनि क्षति वढने गरेको वताउदै मुख्यमन्त्री शाहीले सचेत रहिरहन आग्रह गरे।

 

मुख्यमन्त्री शाहीले नवनीर्मित भवनवाट भुकम्प मापन केन्द्रको कार्यसम्पादन सजिलो हुने र भुकम्पीय सुचना तथा तथ्यांक लिन सजिलो हुने विश्वास व्यक्त गरे। फ्रान्सेली सरकारको सहयोगमा निर्मित उक्त भवनको उद्घाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले गरेका हुन्।

 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसिंह वुढा लगायतको सहभागिता रहेको थियो।