राजनीति

भिडियो

कभर स्टोरी

अन्तरवार्ता

नेपाल आज बिशेस

नेविसंघ सभापतिको ठाेकुवाः पूर्वअध्यक्षहरुले गुट-उपगुट चलाउँदा संगठन कमजाेर भयाे (भिडियो)

प्रधानमन्त्री ओली अधिनायकवादी

मङ्गलबार, ११ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नेविसंघ सभापतिको ठाेकुवाः पूर्वअध्यक्षहरुले गुट-उपगुट चलाउँदा संगठन कमजाेर भयाे (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस यतिबेला गुट–उपगुटको चक्करमा फसेको छ । यसको छायाँ देखिएको छ, भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा पनि ।

 

पछिल्लो समय नेविसंघको किचलो यति चर्किएको छ कि, नेतृत्वप्रति रुष्ट हुँदै असन्तुष्ट पक्षले समान्तर कमिटी गठन नै गर्न थालेका छन् । नेतृत्वले सबै पक्ष मिलाएर लैजान नसकेको आरोप असन्तुष्ट पक्षको छ ।

 

बिडम्वना के भने, नेतृत्व एकातिर छ भने असन्तुष्ट पक्ष पनि आपसमा मिलेका छैनन् । विभिन्न नेताहरुले आआफ्नै ‘लहड’मा ‘गुट’ संचालन गर्दैआएका छन् । कुनै बेलाको प्रभावशाली विद्यार्थी संगठनको रुपमा चिनिएको नेविसंघभित्रको अन्तरकलहमा कांग्रेसको दुरुस्त तस्वीर देखिन्छ ।


यस्तो अन्योलका बीच नेतृत्वले कसरी संगठन व्यवस्थित गर्न सक्ला ? नेतृत्वको अहिलेको भुमिका के हो ? पुरानो नेविसंघ झैँ संगठन व्यवस्थित बनाउन सम्भव छ त ? यसबारे नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरसँग नेपालआजका लागि लोकेन्द्र भट्टले बहस गरेका छन् ।

 

सभापति महरले नेविसंघ किशोर देखि वयस्कहरुको साझा संगठन भएकाले अनेकथरी बिचार र मनोविज्ञानका कारण उतारचढाव आएको तर्क गरेका छन् । साथै पछिल्लो समय अराजक समुह देखापरेको भन्दै त्यसले नेविसंघलाई नै कमजोर बनाएको उनले स्वीकार गरेका छन् ।

 

‘हिजो लामो समयसम्म पनि महाधिवेशन हुन नदिने व्यक्तिहरु फेरि सलबलाउन थालेका छन्,’ महरले भने, ‘उनीहरुलाई पाखा लगाएर भए पनि समयमै महाधिवेशन गराएरै छाड्नेछु ।’

 

यसबाहेक २० वर्षदेखि नेविसंघ र पार्टीको नेतृत्व गर्नेहरुले नै आफ्नो रजगज चलाईराख्न नेविसंघलाई ध्वस्त पारेको आरोप महरको छ । पूर्व सभापतिलाई लक्षित गर्दै पहिले महाधिवेशन गर्न पनि हातहतियारको सहायता लिनेहरुले नै नेविसंघको विधि विधान बिगारिसकेको उनको गुनासो छ ।

 

शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि नेविसंघको लामो समयसम्म रोकिएको महाधिवेशन भएको र अहिले आफूले नेविसंघलाई ट्रयाकमा ल्याएको पनि उनको दाबी छ । बरु आफूले नेतृत्व गर्नुअघि नै नेविसंघ छिन्नभिन्न अवस्थामा पुगेकोले यसलाई तत्काल सुधार्न जटिल रहेको बताए ।


अब हुन्छ महाधिवेशन
 

सभापति महरले नेविसंघको महाधिवेशन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अबको ६÷७ महिनाभित्रै नेविसंघको १२ औँ महाधिवेशन गर्न आफू लागि परेको उनको भनाइ छ । र यसलाई रोक्न कोही लागिपरे कारबाही गर्ने उनले चेतावनी दिए ।

 

महरले भने, ‘साथीहरुमा दोकान थापे झैँ विभिन्न समूह बनाए भाग पाइन्छ भन्ने सोचको विकास भयो । र उनीहरुले २÷४ जना भए पनि समुह बनाउने प्रवृतिको विकास गरे ।’ ती नेताहरुकै कर्तुतले नेविसंघ चलायमान बन्न नसेकको महरको आरोप छ ।


पार्टीमा बदमासी 
 

पार्टीमा विभिन्न गुट उपगुट बनाएर त्यसबाट लिप्को खाएकाहरुले नै नेविसंघ पनि बिगारेको उनको गुनासो छ । र निर्वाचनमा पनि त्यसको असर देखियो । महरका अनुसार सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिएर अब नयाँ तरिकाले जानुपर्छ । तर पार्टी सभापतिको मात्रै हुर्मत लिएर हुँदैन ।