समाचार

प्रदेश ५

रोल्पाको चुनढुंगाले जिल्लाको मुहार फेरिने मन्त्रीको भनाइ

बुधबार, ०५ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

रोल्पाको चुनढुंगाले जिल्लाको मुहार फेरिने मन्त्रीको भनाइ

रोल्पा । प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन् ।

 

यहाँ उत्पादित चुनढुंगाले विकास निर्माण मात्र नभई आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उनको ठम्याइ छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पु¥याउन सके यसले जिल्लालाई आर्थिक हिसाबमा थप माथि उठाउन सक्ने देखिएको छ । 

 

प्रेस चौतारी, रोल्पा तथा प्रेस सेन्टर, रोल्पाको संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

 

यसैबीच, पत्रकारले राखेको जिज्ञासामा चौधरीले एमाले र नेकपा माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकीकरण हुनेमा अझै केही कुरा सहमत हुन बाँकी रहेको र सहमति गरेर ९ गते पार्टी एकीकरण भएरै छाड्ने जानकारी दिएका छन् ।