अर्थ

बैंकिङ

आफ्नै कर्मचारीले यसरी डुबाउँछन् बैंक

आइतबार, १८ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

आफ्नै कर्मचारीले यसरी डुबाउँछन् बैंक

काठमाडाैं।  हालसालै एनसीसी बैंक(तत्कालिन एपेक्सका संचालक समिति अध्यक्ष विष्णुप्रसाद धिताल)को डिजाइनमा करिब डेढ अर्व रुपैयाँ घोटाला भयो । यी दुई वित्तीय संस्थाविच मर्जर प्रक्रिया चलिरहँदा १ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गर्दा मर्जर समितिमा जानकारी गराउनुपर्ने प्रावधान भएपनि त्यसो नगरेको कर्जा प्रवाह गरी हिनामिना गरिएको थियो ।

त्यसैगरी, कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नतामा विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेक मार्फत बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत संबन्धीत सेवा ग्राहीको खातामा जम्मा गरेको चेकलाई सोही प्रविधीबाट पुनः प्रयोग गरी ४ करोड ९१ लाख रुपैयाँ बराबर घोटाला गरेको प्रहरी अनुसन्धानमा खुल्यो । त्यसैगरी,राष्ट्रिय वाणिज्य बैंक विराटनगर सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक तोर्णबहादुर राउतले चेक क्लियरिङ गर्दा बैंकमा १० करोड रुपैयाँ घोटाला भएको थियो । 

एनसीसी बैंक काण्ड कृषि विकास बैंककी सहायक टेलर रेग्मी र राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाका वरिष्ठ सहायक राउत मात्रै होइनन्,अहिले बजारमा आँफु् कार्यरत बैंकमा विभिन्न बहानामा ठगी गर्ने प्रवृत्ति बढेको अनुसन्धानमा देखिएको छ । यीनै घटनाका कारण छिल्लो समय सर्वसाधारण बैंकदेखि सशंकित बनेका छन् । 

केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सिआइबी)का अनुसार हालसम्म १९ अर्व ६९ करोड ७४ लाख ९९ हजार २ सय ६६ रुपैयाँ घोटाला भएको भन्दै विगो दाबी गरेको छ । हरेक दिन जसो बैंकिङ कसुरका घटना बढ्दै गइरहेका छन् । सआिइबीका प्रहरी नायब उपरिक्षक श्यामबाबु ओलियाले भने,‘पछिल्लो समय रातारात धनी बनौँ भन्ने लोभले बैंकिङ कसुरका घटनाहरु बढ्दै गएका छन् । ’ त्यस्तै घरजग्गा तथा शेयर जस्ता अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरेका कारण पनि कतिपय मानिसहरु फसेको उनको भनाई  छ । नायब उपरिक्षक ओलियाले भने,‘सम्पत्ति कमाउन बढी महत्वकांक्षी योजना बनाउने,सफल हुन नसक्दा बैंकिङ कसुरमा तानिन्छन् ।’

सिआइबीले बैंकिङ कसुरका १ सय ५५ जनालाई पक्राउ गरेको छ । सिआइबी अनुसार तत्कालिन गोरखा डेपलपमेन्ट बैंकका ३ जनालाई पक्राउ गरी ८६ करोड ७३ लाख १६ हजार ८ सय ७८ रुपैंया बराबरको विगो माग गरिएको थियो । त्यसैगरी,नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेड का कसुर गर्ने ३ जनालाई पक्राउ गरी ५ अर्व ७९ करोड २ लाख ४४ हजार ३ सय ३५ रुपैंया बराबरको विगो माग दाबी गरिएको छ । त्यस्तै क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि ७ अर्व ७३ करोड ५७ लाख ४५ हजार ७ सय ५ रुपैंया बराबरको रकम दाबी गरिएको छ भने सो कम्पनीका ८ जना पक्राउ गरिएको सिआइबीले जनाएको छ । त्यस्तै जनरल फाइनान्स कम्पनीको पनि १३ करोड ९९ लाख ४५ हजार ८ सय ८८ रुपैंया बराबरको विगो दाबी गरिएको छ । यस कम्पनीका २ जनालाई पक्राउ गरी कारवाही चलाएको सिआइबीले जनाएको छ । त्यस्तै,नेपाल विकास बैंकका १ जनालाई पक्राउ गरी ३६ करोड ५ लाख ७० हजार २ सय ७३ रुपैंया विगो दाबी गरेको छ ।

 

सिआइबीका अनुसार सम्झना फाइनान्स कम्पनीका कसुर गर्ने २ जना पक्राउ गरी कारावाही चलाइएको छ । यस कम्पनीलाई ६ करोड २८ लाख ९२ हजार ९  सय ५९ रुपंैया बराबरको विगो दाबी गरिएको छ । त्यस्तै प्रोग्रसिप फाइनान्स कम्पनीका १ जनालाई पक्राउ गरी ७ करोड ६९ लाख १३ हजार विगो दाबी गरी मुद्धा दायर भएको छ । त्यसैगरी, युनाईटेड विकास बैंकले ९ करोड २४ लाख २८ हजार २ सय ६ रुपैंया बराबरको घोटाला गरेको थियो । यस कम्पनीका २ जनालाई पक्राउ गरी कारवाही चलाएको सिआइबीले जनाएको छ । 

 

त्यसैगरी, सिआइबीले क्रिष्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, एच एण्ड बी फाइनान्स कम्पनी, हिमालय फाइनान्स कम्पनी, बैंभव फाइनान्स कम्पनी लगायतका बैंक तथा वित्तीय संस्थाहरु उपर सिआइबीले बैंकिङ कसुर अन्र्तगत मुद्धा चलाएको छ । त्यस्तै सिआईबीका अनुसार सिदार्थ डेभलपमेन्ट बैंक , तत्कालिन किष्ट बैंक, एनआइडिसी क्यापिटल मार्केट्स, एनबी बैंक ,सिभिल बैंक ,बुटवल फाइनान्स, पिपल्स फाइनान्स,नारायणी डेभलपमेन्ट बैंक, कृषि विकास बैंक (स्वयम्भु शाखा ) एभरेष्ट बैंक, कृषि विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कसुर गरेका छन् । त्यस्तै,बैंकिङ कसुर गरी कारवाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाहरुमा ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल फाइनान्स कम्पनी ,कुबेर मर्चेन्ट फाइनान्स कम्पनी तथा मन्जुश्री फानान्सियल ईन्सिस्टनल कम्पनी रहेका छन् । त्यस्तै सिभिल बैंक ,हिमालय तत्कालिन इम्पेरीयल फाइनान्स कम्पनी तथा पश्चिमान्चल फाइनान्स कम्पनी लगायतका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बैंकिङ कसुरमा कारवाही गरेको सिआइबीले जनाएको छ  ।