राजनीति

हेटौँडालाई स्थायी राजधानी बनाउन सहयोग गर्न पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

हेटौँडालाई स्थायी राजधानी बनाउन सहयोग गर्न पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

हेटौँडा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई मकवानपुरका राजनीतिक दल, जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् ।


आज हेटौँडामा पूर्वप्रधानमन्त्री देउवालाई जिल्ला समन्वय समितिको संयोजनमा ज्ञापनपत्र बुझाईएको हो । देउवा सरकारले हेटौँडालाई तोकेको अस्थायी राजधानीलाई स्थायी बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाईएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

 

ज्ञापनपत्र बुझ्दै देउवाले आफूहरुको सरकारले हेटौँडाबाट राजधानी सार्नको लागि यहा राजधानी नतोकेको प्रतिक्रिया दिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बानियाँ, सन्तराम चेपाङ लगायत मकवानपुरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।