स्वास्थ्य

देश

नरदेवी अस्पतालका प्रमुख ३७ हजार घुससहित पक्राउ

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नरदेवी अस्पतालका प्रमुख ३७ हजार घुससहित पक्राउ

 काठमाडौं । काठमाडौं नरदेवीको आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक कन्सल्टेन्ट आयुर्वेद चिकित्सक डा. रामदेव यादव घुससहित पक्राउ परेका छन् ।


आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई ३ महिने ओ.जे.टी.(प्रशिक्षण/तालिम) गराउन ३७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा यादवको सरकारी निवास नरदेवीमा पुगेको अख्तियारको टोलीले ३७ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

 

उनीमाथि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।