मुख्य समाचार

राजनीति

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली अझै बनेन

मङ्गलबार, ०४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली अझै बनेन

काठमाडौं । फौजदारी अभियोग लागेका प्रतिनिधिसभा सदस्यलाई ‘निलम्बन गर्ने कि नगर्ने ?’ लगायत विवादका कारण नियमावली समिति प्रभावित भएको छ । 

 

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिले तोकिएकै मितिभित्रै सोमबार मस्यौदालाई अन्तिम रुप दिनुपर्ने थियो । 

 

तर, फौजदारी अभियोग, संविधान संशोधन, राष्ट्रपतिमाथि महाअभियोग लगायतका विषयमा सहमति जुट्न नसक्दा ढिलाइ भएको  मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।  

 

मस्यौदामा १० वटा समिति राख्ने प्रस्ताव गरिएको छ तर कांग्रेसले पाँचदेअि सातवटासम्म मात्रै समिति राख्नुपर्ने बताउँदै आएको छ। याे खबर अाजकाे राजधानी दैनिकमा छ ।