समाचार

खेल

प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा रहेको वेस्ट ब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेस्टर सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो ।


वल्र्ड ट्राफर्डमा घरेलु टिमलाई हराउन जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुई वटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोल मात्र खाएको छ ।

 

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो ।