राजनीति

नाम उपचारको, काम भारतसँग हारगुहार 

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

नाम उपचारको, काम भारतसँग हारगुहार 

काठमाडौं । राष्ट्रिय जनता पार्टीमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र  सदस्य राजेन्द्र महतोबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन नसकिरहेको अवस्थामा नेताहरु उपचारको बहानामा नयाँ दिल्लीतिर लागेका  छन् । 

 

अध्यक्ष मण्डलका अध्यक्ष ठाकुर, सदस्य महेन्द्र यादव र सांसद चन्दा चौधरी २०७४ चैत २७ मा दिल्ली भ्रमणमा गएका छन् ।

 

उपचारको नाममा दिल्ली गएका राजपाको टोलीले विदेशमन्त्री सुष्मा स्वराज,  भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् । 
साँघु साप्ताहिकबाट