राजनीति

‘राजा फालियो, कांग्रेस नचाइयो, एमाले कसरी तह लगाउने ?’ 

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

‘राजा फालियो, कांग्रेस नचाइयो, एमाले कसरी तह लगाउने ?’ 

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकीकरणलाई पनि शान्तिपूर्ण युद्धको रुपमा लिएको माओवादी नेतृत्वले थप नयाँ प्रस्तावको फायरिङ खोल्ने तयारी गरेको सूचना प्राप्त भएको छ । 

 

युद्ध भनेपछि जसरी पनि जित्नै पर्ने दबाबबमा प्रचण्डको नेतृत्व थिचिएको बताइन्छ । 

 

आफना विश्वासपात्रहरुसँग यदाकदा मदिरापानमा रमाउँदा प्रचण्डले‘राजा फालियो, कांग्रेस नचाइयो, एमाले कसरी तह लगाउने मैले जानेको छु ?’ भन्न थालेको चर्चा छ । 

 

प्रचण्डनिकट माओवादी केन्द्रका एक सचिवालय सदस्यका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई पछिल्लो समय प्रचण्डले सोचेभन्दा चतुर र रणनीतिक भएको मूल्यांकन गर्न थालेका छन् । 
साँघु साप्ताहिकबाट