मनोरञ्जन

युवा गायक झलक पुनको तेश्रो गीत सार्वजनिक

सोमबार, ०३ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

युवा गायक झलक पुनको तेश्रो गीत सार्वजनिक

युवा गायक झलक पुनले आफ्नो तेस्रो गीत सार्वजनिक गरेका छन ।

 

सालैजो शैलीलाई विलकुल फरक शैलीमा उनले यो गीत प्रस्तुत गरेका छन् । झलक पुनको पहिलो ‘चौबन्दी चोली’ र दोश्रो ‘जिन्दगी लेजी भो लेजी भो’ भने गीत बजारमा सार्वजनिक भइसकेका छन् ।

 

पहिलेका दुवै गीत दर्शकमाझ रुचाइएको थियो । अध्ययनका क्रममा ७ वर्षअघि काठमाडौं आएका झलक पुन संगीत क्षेत्रप्रति निष्ठा राख्छन् । पुनले यो गीत तयार गर्नुअघि मगर संस्कृतिबारे थुप्रै अनुसन्धान गरिएको बताए ।

 

उनले यस गीतको भिडियो पनि मगर गाउँमै गएर छायांकन गरेका छन् । झलक पुन र निता पुन मगरको आवाज रहेको यस गीतको शब्द उनी आफैंले लेखेका हुन् ।