भिडियो

कला साहित्य

कभर स्टोरी

अन्तरवार्ता

एक वर्षसम्म गहिराे प्रेममा परेँ (भिडियाे)

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- प्रताव ओली

एक वर्षसम्म गहिराे प्रेममा परेँ (भिडियाे)

डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने जोगबुडामा जन्मीएकी डेउडा गायिका गौरी भट्ट २०७१ सालदेखि डेउडा गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले गाएका गीतहरु अहिले बजारमा निकै चर्चित छन् । सानैदेखि धेरै सांङ्गीतिक रेडियो कार्यक्रम सुन्ने, गीत गाउने उनको रुची हो । २० वर्षीया भट्टले अहिलेसम्म २०० भन्दा बढी डेउडा गीतमा स्वर दिईसकेकी छन् । घर परिवारकै साथ सहयोगबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको भट्ट बताउँछिन् । डेउडा गीतमा चर्चित गायिकाका रुपमा स्थापित ‘गौरी भट्ट’ सँग नेपालआजका लागि गरेको रमार्इलाे गफः


मेरो खाना 
सबै खाना मन पर्छ । त्यसमध्ये दाल, भात र तरकारी असाध्यै मन पर्छ । सकेसम्म घरमा आफै पकाएर खाने गर्छु । होटेलको खाना खासै मन पर्दैन । दिनमा चार, पाँच पटक खाना खाने गर्छु ।


मेरो पोशाक 
म धेरै फेशन गर्दिनँ । साधारणतया सुट, कुर्ता सुरुवाल र जिन्स पाईन्ट लगाउने गर्छु । बढीमा दुई हजारभन्दा बढीको कपडा म कहिल्यै किन्दिनँ । अरुले लगाएको साह्रै मन पर्छ तर आफु सुटपिसहरु प्रायः लगाएर हिँड्छु । कपडाहरु कहिलेकाँही साथिलाई किन्न लगाउँछु, प्रायः आफै सपिङ् गर्छु ।


मेरो घुमफिर
म धेरै घुमेकी छैन । मेरो मनपर्ने ठाउँ पोखरा हो तर गएकी छैन अब नयाँ वर्ष लाग्यो जाने सोचमा छु । सबैले पोखरा पर्यटकिय क्षेत्र भनेर भन्छन्, कल्पनामा पोखरा नै गन्तव्य हुनेछ ।


मेरो प्रेम
मेरो धेरै गहिरो प्रेम सम्बन्ध बस्यो, आफ्नै श्रीमानसँग । लामो समयसम्म प्रेम गरेँ त्यसपछि हाम्रो विवाह भयो । विवाह भएको डेढ वर्ष वित्दैछ । धेरै सम्झना आउँछ, त्यो प्रमिल सम्बन्धको ।


मेरो धोका
मैलै एउटैसँग प्रेम गरेँ त्यही सम्बन्धलाई विवाहमा परिणत गरेँ त्यसैले न धोका पाएँ न कसैलाई धोका दिएँ । धोकाको महसुससम्म गरेकी छैन ।


मेरो गल्ती 
मबाट गल्ती त धेरै भएका होलान्, केही जानेर, केही नजानेर । प्रायः गल्ती त नजानेर नै हुन्छन् । त्यस्तौ ठुलो गल्ती गरेकी छैन ।


मेरो मदिरा
 म मदिराजन्य पदार्थको स्यान्टबाटै टाढा भाग्छु, पिउने त कुरै भएन । 


मेरो राजनीति 
राजनीतिमा त्यति धेरै ध्यान छैन । कांग्रेस सभापति शेर बहादुर देउवा मेरो सबैभन्दा मनपर्ने नेता हुन् । मन नपर्ने नेता कोही छैनन् ।


मेरो सांगीतिक यात्रा
म २०७१ साल फागुन ५ गते डेउडा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिएँ । सानैदेखि गीत गाउने, रेडियो सुन्ने मेरो सानो छँदाका प्रमुख विशेषता हुन् । गायिका नै बन्छु भनेर सानैदेखि सोच पालेर राखेकी थिए, अन्ततः गायिका नै बनेँ । मेरो पहिलो डेउडा गीत ‘काँ रुमाल सुकाउँछै’ हो । अब गीत गाएकी मात्र छुृ , अब गाएकै गीतमा अभिनय गर्ने पनि सोचमा छु ।


मेरो फिल्म
मेरो अहिलेसम्मकै मनपर्ने चलचित्र बाहुबली हो । त्यसमा प्रभाषको अभिनय निकै मनपर्याे । सिनमा देखिने जल पर्वत चढेको कुराले मन छोयो ।