खेल

सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । कोलकातामा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराउँदै हैदराबादले तेस्रो जित निकालेको हो । 

 

घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए । 

 

जितसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

 

कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए । प्रतियोगितामा आइतबार बेंग्लोर र राजस्थान दिउँसो सवा ४ बजेपछि खेल्नेछन् । यस्तै राति सवा ८ बजेपछि सुरु हुने खेलमा चेन्नई र पञ्जाव खेल्नेछन् ।