बिचित्र विश्व

सुन कसरी बन्यो ? वैज्ञानिकहरूले खोले यस्तो रहस्य

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

सुन कसरी बन्यो ? वैज्ञानिकहरूले खोले यस्तो रहस्य

काठमाडौं । सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथ्वीमा ?

 

वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथ्वीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।

 

यो भयंकर र विनाशकारी टक्करका कारण पृथ्वी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो ।

 


टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् । यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।

 


इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू  पृथ्वीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’

 


यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथ्वीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ ।