खेल

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल ड्र सार्वजनिक

शनिबार, ०१ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल ड्र सार्वजनिक

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल ड्र सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको ड्रअनुसार इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमाको सामना गर्ने भएको छ भने दोस्रो सेमीफाइनलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दीकाे रुपमा पाएको छ।

 

क्वार्टरफाइनलमा म्यान्चेस्टर सिटीलाई समग्रमा ५–१ ले पाखा लगाउँदै लिभरपुल अन्तिम ४ मा प्रवेश गरेको थियो। उसले फाइनल प्रवेशका लागि रोमासँग आफ्नै घरेलु मैदानमा अप्रिल २४ मा पहिलो लेगको खेल खेल्नेछ। दोस्रो लेगको खेल भने आगामि मे २ मा हुनेछ।

 

रियल र बायर्न म्युनिखबीचको पहिलो लेग अप्रिल २६ तथा दोस्रो लेगको खेल मे २ मा हुने तालिका छ। प्रतियोगिताको उपाधि भिडन्त युक्रेनको किभमा आगामी मे २६ मा हुनेछ।