समाचार

राजनीति

प्रदेश ५

मुख्य समाचार

अब पार्टी एकता धर्तीको कुनै तागतले रोक्दैन : झलनाथ खनाल

शनिबार, ०१ बैशाख २०७५ गते प्रकाशित
- Dhiraj Devkota

अब पार्टी एकता धर्तीको कुनै तागतले रोक्दैन : झलनाथ खनाल

विराटनगर । एमाले नेता झलनाथ खनालले एमाले माओवादीको वाम एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन् । प्रतिशतका आधारमा नभई समानताका आधारमा पार्टी एकता हुने उनले जिकिर गरे । 

 


शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता खनालले पार्टी एकतालाई धर्र्तीको कुनै तागतले रोक्नै नसक्ने दाबी गरे । उनले भने, ‘५०÷५० प्रतिशत भन्ने सहमति भएको छैन । समानताको आधारमा पार्टी एकीकरण हुन्छ, सहमति भएको कुरा पनि त्यही होे ।’

 


उनले भने, ‘वैशाख ९ होस या १८ अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्र्तीको कुनै तागतले रोक्न सक्दैन ।’

 


पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी अन्तरिम विधान तयार भइसकेको भन्दै एमाले वरिष्ठ नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक बसेर टुंग्याइने बताए । 

 

‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादी अडानबारे सोधिएको प्रश्नमा खनालले भने, ‘उहाँहरुले १० वर्ष जनयुद्ध गरेकै हो, यसमा के भन्नपर्छ र ।’  उनले भने, ‘यसको राजनीतिक भूमिका छ, सकारात्मक भूमिकालाई दृढताका साथ समर्थन गर्छाैं, नकारात्मक भूमिकाबाट शिक्षा लिन्छौं ।’