खेल

आईपीएल: मुम्बईमाथि हैदरावादको रोमान्चक जित

शुक्रबार, ३० चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

आईपीएल: मुम्बईमाथि हैदरावादको रोमान्चक जित

 काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले साविक विजेता मुम्बई इन्डियन्समाथि एक विकेटको जित निकालेकाे छ । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो जित हो । भने मुम्बईले लगातार दोस्रो पटक हार व्यहोर्‍योकाे छ ।

 

बिहीबार राति हैदरावादको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उसका लागि शूर्यकुमार यादव र कायरन पोलार्डले समान २८–२८ रन बनाए ।

 

यस्तै इभिन लुइसले २९ रन बनाउँदा कुर्नाल पाण्डेले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे । उसका बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन । १ सय ४८ रनको विजय लक्ष्य हैदरावादले अन्तिम ओभरमा एक बल बाँकी छँदा भेटायो ।

 

बलियो सुरुवात गरेको हैदरावादको मिडिलअडरका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । ६५ रनमा पहिलो विकेट गुमाएको हैदरावादको जितमा शिखर धवनले ४५ तथा दिपक हुडाले ३२ रन बनाए । यस्तै रिद्दमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे ।