अपराध सुरक्षा

समाज

प्रदेश २

अाचार्यमाथि गोली प्रहार गर्ने थप दुई पक्राउ

बिहिबार, २९ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

अाचार्यमाथि गोली प्रहार गर्ने थप दुई पक्राउ

विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट १ जना र सुनसरीबाट १ जना पक्राउ गरेको जनाएको हो।  

 

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा संलग्न रहेको आशंकामा थप दुई जना पक्राउ परेको पुष्टि गरेको भएपनि नाम भने खुलाउन चाहेनन्। 

 

‘हामी अनुसन्धानको क्रममा रहेका छौं, थप दुई जनालाई पक्राउ गरिएको छ,’ एसपी बिसीले भने, ‘सत्यतथ्य पत्ता लागेपछि हामी सार्वजनिक गर्छौं।’ यसअघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा विराटनगरबाट २ जना पक्राउ गरेको थियो। 

 

पक्राउ पर्नेमा विराटनगर–१६ जतुवाका राजनकुमार यादव र विनोद दास रहेका छन्। पक्राउ परेकाहरुलाई म्याद थप गरेर बयान लिने काम गरिरहेको एसपी बिसीले जानकारी दिए।