राजनीति

भिडियो

कभर स्टोरी

अन्तरवार्ता

त्रिपक्षीय सम्बन्धबारे विशेष खुलासाः सरकारले मलाई चीन पठायो, सरकारलाई भारतले धम्की दिएछ ! (भिडियाे)

नाकाबन्दीमा चीनले दिएको तेल कहाँ गयो ?

बुधबार, २८ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

त्रिपक्षीय सम्बन्धबारे विशेष खुलासाः सरकारले मलाई चीन पठायो, सरकारलाई भारतले धम्की दिएछ ! (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा चीनबाट रेल र तेल ल्याउने भन्दै नयाँ पहल गरेका थिए । भारतले नाकाबन्दी लगाइरहँदा ओलीको त्यस्तो पहललाई राष्ट्रवादी लाईन भनी ब्याख्या पनि गरियो ।

 

नेपाल–चीनको केरुङ नाका हुँदै रेल र पेट्रोलियम पदार्थ ल्याउने भन्दै ओलीले गरेको पहल पछि भने सेलायो । त्यसो त, आयल निगमको विकल्पको रुपमा सस्तोमा गुणस्तरीय पेट्रोलियम पदार्थ भित्र्याउन भन्दै तत्कालिन ओली–सरकारले ८ निजी कम्पनीलाई आह्वान गरेको थियो ।

 

तर पछि ओली आफैँ उक्त निर्णयबाट पछि हटे । अन्ततः निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन नपाउने भए ।

चीनसँग ब्यापारिक सम्झौताको पहल गरेसँगै राष्ट्रवादी नेताको छवि बनाएका ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा भने चीनसँग भएका पहलबारे चासो देखाउँदैनन् ।

 

बरु भारत भ्रमण गरेपछि नयाँ सम्बन्धमार्फत सम्बन्धको नयाँ युग सुरु भएको भनी प्रचार गरिएको छ । स्मरणीय के छ भने प्रधानमन्त्रीले चीनसँग आफू नढल्किएको भन्दै मिडियासँग प्रतिक्रिया दिएका छन् । यस्तै नयाँ दिल्लीमा ‘फ्रि तीब्बत मुभमेन्ट’मा लागेका एक लामासँग ओलीले भेटेको घटनामाथि पनि केही आशंका उब्जिए ।

 

ओली पहिलोपटक प्रधानमन्त्री बन्दा चीनसँग सम्झौताको लागि गहन रुपमा पहल गरेका प्रेम सागर पौडेलसँग हामीले नयाँ बहस गरेका छौँ । पौडेल ३० वर्षदेखि नेपाल–चीन सम्बन्धको लागि सक्रिय छन् ।

 

नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष पौडेलले नेपालआजको स्टुडियोमा आएर दुई देशबीचको ब्यापारिक सम्बन्ध र चिनियाँ पक्षको नेपाल दृष्टिबारे धारणा राखेका छन् ।


विवादास्पद फ्रि तिब्बत मुभमेन्ट

नेपालमा फ्रि तिब्बत मुभमेन्ट संचालन गर्न नेपाल सरकारले नै दिएको भन्दै पौडेलले यसप्रति आपत्ति जनाएका छन् । धर्मगुरु दलाई लामाको राज दूतावास नै नेपालमा संचालन भएको भन्दै यस्तो हुनु नेपालकै लागि घाटा भएको उनले बताए ।

 

‘भोली चीनले पनि नेपालविरोधी गतिविधि संचालन गरिदियो भने हामी के गर्ने ?’ पौडेलले भने, ‘फ्रि तिब्बत मुभमेन्टका गतिविधि अझै रोखिएका छैनन् । पर्चाहरु नै भेटिन्छन् । तिब्बतबारे कार्यक्रम नै भइरहेछन् ।’

 

पौडेलले नेपालको परराष्ट्र नीति पनि बदलिरहँदा नेपालको स्वाधिनतामाथि समस्या पर्ने बताए । साथै नेपालका नेताहरुको विदेशमा राम्रो छवि नभएको भन्दै त्यसप्रति चिन्ता प्रकरट गरे ।