अपराध सुरक्षा

प्रदेश ५

व्यापारीसँग फिरौती मागेर आतंक मच्चाउँदै आएका मुसलमान प्रहरीकाे फन्दामा

बुधबार, २८ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

व्यापारीसँग फिरौती मागेर आतंक मच्चाउँदै आएका मुसलमान प्रहरीकाे फन्दामा

कपिलवस्तु । कपिलवस्तुका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती माग्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान रहेका छन् । 

 

कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका स्थानीय व्यापारी अरुण कशौधन, राजेन्द्र गुप्ता लगाएतलाई एसएमएसमार्फत पाँच देखी दश लाख सम्म चन्दा मागेर आतंक मच्चाउँदै आएका मुसलमानलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

उनले मोबाईलबाट व्यापारीलाई एसएमएस पठाउँदै रकम माग्ने र नदिएमा अपहरण वा मार्ने सम्मको धम्की दिँदै आएको व्यापारीहरुले बताए । व्यापारीलाई धम्की दिई फिरौती मागेर हैरान गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सलिमलाई यसै हप्ता प्रकाउ गरिएको र थप अनुसन्धान भईरहेको छ।